काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको।
सोही अवधिमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन्। हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ हजार २२१ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।