काठमाडौं– निर्वाचन आयोगले आज (सोमबार) संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने भएको छ।
सोमबार बिहान ११ : ३० का लागि तय गरिएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई बोलाइएको हो। आयोगले निर्वाचन आचारसंहिता परिवर्तनको विषयमा छलफल गर्न लागेको हो।
आयोगले निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी गरेको छ। त्यस्तै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको चुनाव चिन्ह मात्रै मतपत्रमा समावेश गर्ने पनि निर्वाचन आयोगले जनाएको छ।
आगामी निर्वाचनमा संघको १ सय ६५, प्रदेशतर्फ ३ सय ३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५ सय ३ प्रकारका मतपत्र छपाइ हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।