काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरिको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि र सम्मान अपर्ण गरेका हुन्।
यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गिरिप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरिको उपचारका क्रममा गएराति निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुर्याइएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।