काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन्।
अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरीको निधनले स्तब्ध बनाएको बताएका हुन् ।
उनले गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति गर्दै स्व गिरिप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। अध्यक्ष दाहालले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
शनिबारमात्रै अध्यक्ष दाहालले उनको उपचाररत अस्पताल पुगेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । नेता गिरीको शनिबार राति निधन भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।