काठमाडौं– सत्तारूढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरू हुँदैछ।
भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे भेला सुरु हुने छ ।
भेलाले नयाँ नेतृत्व चयन गर्नेछ। भेलामा भूगोल तथा गैरभूगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहनेछन्।
भेलामा राजनीतिक प्रतिवेदन, विधान संशोधन, समसामयिक राजनीतिक प्रस्तावमा व्यापक छलफल र बहसद्वारा सर्वसम्मत पारित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।