काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बिहान ८ बजे बस्दैछ।
आजको बैठकमा स्थायी कमिटी सदस्यले पूर्णता पाउने र पदाधिकारी चयनको तयारी गरिएको छ । यसअघि हिजो (बिहीबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको थियो।
तर प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेका कारण बैठक आजका लागि सारिएको हो।
बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी सदस्यको नाम प्रस्ताव गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।