काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थबाट उत्पादित वस्तुको निर्यातमा सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।
महिला उद्यमी महासंघ नेपालले बिहीबार आयोजना गरेको स्वेदेशी वस्तु प्रदर्शनीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रधानमन्त्री देउवाले कोभिड-१९ पछिको अर्थतन्त्रलाई उकास्न सरकार र निजी क्षेत्र बीच सहकार्य हुनु पर्ने पनि बताए। ‘कोभिड महामारीले सिथिल बनाएको हाम्रो अर्थतन्त्रलाई सरकार र निजी क्षेत्रले समन्वय गरेर अघि बढ्नु पर्ने स्थिति छ। यस्ता मेला तथा प्रदर्शनीमा स्वदेशी कच्चा पदार्थबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकताका साथ समावेश गरि प्रचारप्रसार तथा बजार विस्तार गर्नुपर्छ,’ देउवाले भने, ‘यसले निकासी प्रवर्द्धनमा सहयोग पुग्छ। यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।