काठमाडौं– नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाङ्फेले नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचार लागि पठाएपछि संशोधन गरेर मात्रै पठाइनु पर्ने माग राखेकी छन् ।
संविधानले नै नागरिकताको सुनिश्चितता गरेको उल्लेख गर्दै उनले २०७५ सालमा राज्य व्यवस्था समितिमा यस विषयमा लामो छलफल भएको स्मरण गराइन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद तुम्बाहाङ्फेले वैवाहिक अंगीकृत नागरिकता दिँदा कम्तिमा सात वर्षको प्रावधान राखिनु पर्ने बताइन् । उनले नागरिकता जस्तो संवेदनशील विषयमा गम्भीर भएर सोच्न जरुरी रहेको बताइन् ।
उनले आमाले बाबुबारे स्वघोषणा गर्ने कुरा संशोधन गर्नुपर्ने बताइन् । स्वघोषणाले महिलाको आत्मसम्मानमा ठेस पुग्ने भएकाले यसलाई सच्चाउनुपर्ने माग गरिन् । ‘महिलालाई विभेद गर्ने व्यवस्था संशोधन गरिनुपर्छ ’ उनले भनिन् ‘यो विधेयकले महिला र पुरुषबीच गरेको विभेदलाई समान बनाउन पर्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।