काठमाडौं– अभियन्ता सुमन सायमीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
गत ३० बैशाखमा सम्पन्न स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सायमीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।
राष्ट्रका लागि आफ्नो उम्मेदवारी रहेको सायमीले बताए।
गएको स्थानीय तह निर्वाचनमा सायमीले काठमाडौं महानगरको मेयरका लागि उम्मेदवारी दिएका थिए। त्यति बेला उनले १३ हजार ७ सय ७० भोट ल्याएका थिए। सायमी उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अध्यक्ष साथै उपत्यका सरोकार मञ्चका अध्यक्ष पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।