काठमाडौं– आउँदो मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लगाउन बनेको कार्यदलको बैठक बस्दैछ। बैठक आज बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ।
बुधबारको बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिन सक्ने र सकेसम्म कार्यदलले नै सबै काम टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने तयारी गरिएको छ। बुधबारको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँटको खाका पेस गर्नेछन्।
यसअघि सोमबार बसेको कार्यदलको बैठकले सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार बनाउने निर्णय गरेको थियो। तर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी २०७४ मा नरहेकाले उसको हकमा विशिष्ट रुपमा राखेर मापदण्ड बनाइने भएको छ।
भदौको पहिलो सातासम्ममा सीट बाँडफाँटसम्बन्धी सबै काम सक्ने सत्ता गठबन्धनको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।