काठमाडौं– पिपुल्स पावर कम्पनी लिमिटेडले आज मंगलबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्दैछ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँअंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँबराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गर्न लागेको हो।
जसमध्ये २ प्रतिशत सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ। ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरूमा सुरक्षित गरिएको छ। बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आईपीओका लागि भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ। पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ १४ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले इलामको इलाम नगरपालिका–१ र ४ मा पुवाखोलाको पानीबाट ४.९६ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।