• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

व्यक्तिका लागि गठबन्धन गर्न खोजिन्छ भने त्यसको अर्थ छैन : वीरबहादुर बलायर [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, साउन ३०, २०७९  २१:१०
1140x725

सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम साेमबारबाट सुरु गरेकाे छ। त्यही कार्यक्रममा छन् उनीहरुलाई जिताउन सक्रिय नेताहरु। तिनैमध्येका एक हुन् सुदूरपश्चिमका कांग्रेस सभापति वीरबहादुर बलायर। स्थानीय तह निर्वाचनदेखि  नै उनले सुदूरपश्चिममा कांग्रेस एक्लै भिड्नेगरी मजबुत रहेको दाबी गर्दै आइरहेका छन्। अहिले उनको निर्वाचन क्षेत्र नै भागबन्डामा सकस पर्नेमध्येमा परेकाे छ। कारण यसअघि उनलाई हराएका प्रेम आले गठबन्धनबाट टिकटको लबिङ गरिरहेका छन्। बलायरसँग यही सन्दर्भमा रहेर नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले  गरेको कुराकानी :

कांग्रेस गठबन्धनमा प्रतिबद्ध देखिन्छ। यो गठबन्धन सत्ताको लागि मात्रै हो कि के अरु केही उद्देश्य बाँकी छन्?
पहिलो कुरा गठबन्धन सरकारका लागि मात्र होइन। दोस्रो कुरा गठबन्धन कुन दलको बीचमा हुँदैछ भन्ने प्रष्ट हुनुपर्छ। कुन मूल्य, मान्यता र उद्धेश्यका लागि गठबन्धन हो?  सैद्धान्तिक रुपमा  हुँदै नहुने गठबन्धन हुँदैछ कांग्रेस र कम्युनिष्टबीचमा। उनीहरु तलदेखि माथिसम्म एकजुट हुँदैनन्। यसले धेरै उपलब्धी हासिल गर्‍यो भने पनि दुर्भाग्य नै हुन्छ। फेरि अर्को दुर्घटना हुनसक्छ। अहिले जुन गठबन्धन दलहरुले गरेका छन्,  त्यसको विरुद्धमा म पनि छैन। हामीले गठबन्धन गरेर एमालेलाई जित्ने हो। तर जित्न नसके त्यस्तो गठबन्धनले कुनै अर्थ राख्दैन।

तपाईंले आफ्नो निर्वाचन क्षेत्रको स्थितिलाई हेरेर गठबन्धन गर्नुहुँदैन भन्न खोज्नु भएको हो?
कांग्रेसले आफ्नो क्षमता र संगठनलाई गुमाएर अर्को पार्टीको क्षमता अभिवृद्धि गर्नेगरी गठबन्धन गर्नुहुँदैन। त्यस्तो गठबन्धन गर्ने बाटोमा गयो भने कांग्रेस पतन हुन्छ। त्यसैले अहिले धेरै  बोल्नुभन्दा पनि अड्कलबाजीका आधारमा गठबन्धन हुनुहुँदैन भन्ने पक्षमा छु। व्यक्ति विशेषका आधारमा गठबन्धन गरिएको हैन। मूल्य र मान्यताका लागि हो भने त्यो फरक कुरा। व्यक्तिका लागि हो भने त को व्यक्ति? कस्तो? कसको क्षमता के हो? कसको हैसियत के? भन्ने त देखिएका छन्। 

स्थानीय रुपमा ठूलै नेता हुँ भन्ने मानिसले आफ्नो पार्टीलाई महत्वका साथ राख्नुपर्छ। म दाबाका साथ भन्छु गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा डोटीमा कांग्रेस रोल नम्बर एक हो। आज कांग्रेसले पाएको मत सारा त्यहाँका अरु पार्टीको मत जोड्दा पनि ३ हजार मतभारले अघि छ। स्थानीय निर्वाचनमा टोल–टोलमा समेत उम्मेद्वार हुनुहुन्थ्यो। त्यसैले यो गठबन्धन उद्धेश्य, सिद्धान्त र मुलुकको समृद्धिका लागि हुनुपर्छ। मुलुकको प्रगतिलाई अगाडि बढाउने र नेपाली लोकतान्त्रिक राज्य व्यवस्थाका लागि गठबन्धन हुनुपर्छ। यहाँ व्यक्तिका लागि गठबन्धनले कुनै अर्थ रहँदैन। 

तपाईंले गठबन्धनको कुरा गरिरहँदा तपाईंको क्षेत्रबाट समाजवादी पार्टीका पूर्वमन्त्री प्रेम आलेले टिकट पाउनु् भयो भने कांग्रेसका मतदाताले मत दिन मुस्किल हुन्छ भन्न खोज्नुभएको हो? 
म कुनै व्यक्ति विशेषको नाम उच्चारण गर्न चाहन्नँ। मैले मेरो जिल्लाको कुरा मात्रै गरेको हैन। देशभरको कुरा गरेको हो। कांग्रेसभित्र पनि त्यस्तो खालका मान्छेहरु छन्। जीवनमा कहिल्यै कांग्रेसलाई भोट हालेका छैनन्, कांग्रेस भएरै बसेका छन्। तिनीहरुको भाषा र शैलीको म धेरै विश्वास गर्दिनँ। कांग्रेसलाई चाहिएको बेला कांग्रेस नभइदिने, अरु बेला ठूलो कांग्रेस भइराखेको के अर्थ रह्यो?

nimb
nimb
Ncell 2
Ncell 2

गठबन्धनमा बसेर गठबन्धनका दलहरुलाई दुःख दिने, एमालेसँग हातेमालो गर्ने र गठबन्धनकै मानिसहरुलाई प्रभावित गरेर आर्थिक अपचलन गरेर अगाडि बढ्न खोज्नेसँग कांग्रेसको गठबन्धन हुँदैन। 

म पनि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापति हुँ। कहाँ–कहाँ कसरी गठबन्धन गर्ने भन्ने निर्णय मेरो समितिमा पनि निहित छ। त्यसका लागि म आफू कांग्रेसको जिम्मेवार नेता भएका कारणले गठबन्धन कसरी गर्ने, कसरी जितिन्छ भन्ने अधिकार मलाई पनि छ। त्यसको खाका दिने अधिकार मलाई पनि छ । त्यसैले कसले के भन्यो भन्ने कुराचाहिँ महत्वपूर्ण होइन। 

तपाई आगामी निर्वाचनपछि मुख्यमन्त्री बन्ने चर्चा पनि छ नि?
म संगठन निर्माणका लागि तल गएको हुँ। म त रिटायर्ड हुनुपर्छ राजनीतिबाट। आगामी ५ वर्षपछि मैले कुनै पनि प्रत्यक्ष निर्वाचन लड्ने छैन। त्यति मात्र हैन म अनुदानको राजनीति गर्ने मान्छे पनि हैन। त्यसैले म संघ  र प्रदेशमा म आइहाल्छु भनेर पूरा जानकारी गराएर हिँड्ने मान्छे पनि हैन। मैले यो ५ वर्षको अवधिमा आफ्नो कार्यकालभरि कांग्रेसको एउटा मजबुत जग हाल्न सकें भने त्यो नै मेरा लागि सुखद रहन्छ। 

स्थानीय धरातल कमजोर भएका कारण कांग्रेसको चिन्ता लागेर म केन्द्रीय सदस्य भइसकेको मान्छे प्रदेशमा झरेको हुँ। म प्रदेशको सभापति भइसकेपछि पहिले जिल्लाहरुमा र अन्तिममा आफ्नो जिल्लामा अभियान चलाएर यो किसिमको राम्रो परिणाम ल्याउन सकिएको हो। त्यसका केही कारण छन्। गठबन्धनका विषयमा बाधक भएर अभिव्यक्ति दिने मेरो मनसाय छैन । म धैर्य लिने मान्छे हुँ। हतार छैन। अर्काले बोल्नासाथ प्याच्च बोल्नैपर्छ भन्ने पनि छैन।

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्