काठमाडौं– नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ५ हजार ७३७ जनाको नमूना परीक्षण गर्दा सोमबार ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार ३ हजार १५५ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४६१ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।
थप ८८८ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ पुगेको छ। २४ घण्टाको अवधिमा ४७४ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको विवरण प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९८९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।