काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४५५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो।
दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।
सोही अवधिमा ३०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।