काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ८६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोनाका संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। सोही अविधमा ४१४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।