• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

१६ वर्षदेखि माथिल्लो कर्णाली होल्ड गरेको जीएमआरले अघि सार्‍यो फ्रान्सेली कम्पनी, अन्तिम पटक मौका दिने मुडमा लगानी बोर्ड

64x64
सुरेन्द्र बजगाईं आइतबार, साउन २२, २०७९  २१:३७
1140x725

काठमाडौं–१६ वर्षदेखि माथिल्लो कर्णाली जलविद्युत आयोजना होल्ड गर्दै आएको भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जीएमआर) ले फ्रान्सेली कम्पनीलाई अघि सारेको छ। जीएमआरले फ्रान्सेली कम्पनी इडीएफ ग्रुपलाई सहलगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव लगानी बोर्डसमक्ष गरेको छ।

लगानी बोर्डका एक अधिकारीका अनुसार केही दिनअघि जीएमआरले नयाँ कम्पनीमार्फत् आर्थिक लगानी गर्ने प्रस्ताव पेस गरेको हो। 

जीएमआरलाई माथिल्लो कर्णाली आयोजनाबाट ९०० मेगावाट बिजुली र २५ वर्षसम्म सञ्चालन गर्न स्वीकृति दिएबापत नेपालले उक्त कम्पनीमा बिना लगानी २७ प्रतिशत स्वामित्व र १२ प्रतिशत बिजुली पाउने सम्झौता भएको थियो। 

२०६४ सालमा  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अछामको भैरवस्थानमा विद्युत् गृह रहने गरी जीएमआरसँग निर्माणको सम्झौता गरेको थियो। त्यतिबेला सात वर्षमा काम सक्ने जनाइएको थियो।
त्यसपछि २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा परियोजना विकास सम्झौता (पीडीए) मा पुनः हस्ताक्षर भएको थियो। उक्त सम्झौतामा २०७३ असोज ३ गतेभित्र आयोजनाका लागि आवश्यक लगानी जुटाइसक्ने उल्लेख छ। 

सम्झौता भएको १६ वर्षसम्म पनि उक्त कम्पनीले लगानी जुटाउन नसकेकाले अहिले पनि लगानी जुटाउन सक्छ भन्ने कुरामा यकिन नभएको लगानी बोर्डका अधिकारीको भनाइ छ। यतिका वर्षसम्म जलविद्युत आयोजनाको लाइसेन्स खारेजी गर्नुको साटो लगानी बोर्डले पुन २ वर्ष म्याद थप गरेको हो।  

उक्त कम्पनीले यस पटक भने लगानी जुटाउने आसा देखाएको ती अधिकारीले जनाए। उनले भने ‘यस पटक भने लगानी जुटाउने आसा देखाएको छ। यो पटक पनि लगानी जुटाउन सकेन भने सम्झौता खारेजी हुन्छ।’ 

उक्त आयोजनाबाट उत्पादन भएको बिजुली भारत र बंगलादेशमा बेच्ने तयारी थियो। जीएमआरले बंगलादेशसँग विद्युत् बिक्रीका लागि सम्झौता (पीपीए) पनि गरे पनि थियो।

यसअघि लगानी बोर्डसँग म्याद थप गर्दा जीएमएआरले बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग नियमित सम्पर्कमा रहेको र चाँडै पीपीए हुने बताएको थियो। त्यस्तै बंगलादेशले पनि जीएमआरसँग पीपीएको तयारी गरिएको भइरहेको जनाएको थियो। तर कोभिडका कारण सम्झौता गर्न नसकेको जनाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पटक म्याद थप गर्दा भने जीएमआरले बंगलादेशसँग विद्युत किन्न सहमति गरेको छ। त्यो सहमतिले भने उक्त कम्पनीले काम अगाडि बढाउँछ कि भन्ने अपेक्षा गरिएको ती अधिकारीले बताए। 

२०७६ पुस २ गते बंगलादेशको मन्त्रिपरिषद् बैठकले जीएमआर प्रवर्द्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय गरेको थियो। 

यता लामो समयदेखि आयोजना होल्ड गरेको भन्दै माथिल्लो कर्णाली बचाउ अभियान संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम हुँदै आएका छन्। जीएमआरले तोकिएको थप समयसम्म लगानी जुटाउन नसकेपछि सम्झौता नवीकरण नगर्न दबाब दिँदै बेलाबखत विरोध कार्यक्रमसमेत हुने गरेका छन्। 

माथिल्लो कर्णाली उत्पादन लागतका हिसाबले निकै सस्तो आयोजना भएको मानिन्छ। त्यसैले उक्त आयोजनालाई जलविद्युत क्षेत्रमा ‘श्रीपेचको हिरा’ का नामले पनि भन्ने गरिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले उक्त कम्पनीले तोकिएको अवधिभित्र वित्तीय व्यवस्थापन गर्ने सहमति जनाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अबको २ वर्षभित्र जीएमआरले वित्तीय व्यवस्थापन गरेर काम अगाडि बढाउनु पर्ने हुन्छ। 

लगानी बोर्डको स्थापना भएपछिको पहिलो परियोजना विकास सम्झौता (पीडीए) नै उक्त कम्पनीसँग भएको थियो। तर त्योसँगै भारतकै सतलज जलविद्युत निगमले लिएको अरूण तेस्रो जलविद्युत आयोजनाको काम ६० प्रतिशतभन्दा धेरै काम सकिएको छ। 

सतलज जलविद्युत निगम भारतीय सरकारी बहुराष्ट्रिय कम्पनी हो। तर जीएमआर भने एयरपोर्ट निर्माणमा संलग्न रहँदै आएको कम्पनी हो। जीएमआरले दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल र हैदराबाद अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्दछ। जीएमआर भौतिक पूर्वाधार बनाउनका लागि विश्वमा नाम कमाएको कम्पनी भए पनि नेपालमा भने जलविद्युत आयोजना निर्माणका लागि १० वर्षदेखि लगानी जुटाउन नसकेर पटक–पटक म्याद थाप गरेर बसेको छ। 

इडीएफ ग्रुप आएपछि आयोजना सुरु होला त?
बोर्डका एक सदस्यका अनुसार जीएमआरले फ्रान्सको इडिएफ ग्रुपसँग साझेदारी गर्ने तयारी गरेको छ। त्यही कम्पनीसँग साझेदारी गरेर वित्तीय व्यवस्थापन गर्ने तयारी गरेको हो। 

‘इडीएफ समूहलाई नेपाल सरकारले चिन्दैन। किनभने त्यो कम्पनी जीएमआरले खोजेको पार्टनर हो,’ उनले भने ‘फ्रान्सको कम्पनी एकदमै  विश्वासयोग्य त छैन, तर उसले ल्याउँछु भनेपछि अविश्वास गर्ने अवस्था पनि छैन।’

अहिले लगानी बोर्ड जीएमआरको प्रस्तावमा पर्ख र हेरको अवस्थामा छ। उक्त कम्पनी विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएको हो। तर खारेज नै गर्न समस्या भएको छ। जीएमआर भारतीय काँग्रेस पार्टी निकटहरूको भन्ने भएकाले अहिलेको नरेन्द्र मोदी सरकारको संस्थापनले धेरै यसलाई महत्व नदिएको देखिएको छ। लगानी बोर्डका एक अधिकारीले यसमा केही समय जीएमआरलाई  पर्खने अनि उसले सुनिश्चितता गराउन नसके खारेज गरेर नयाँ प्रक्रियामा जाने बताए। 

‘एडीएफलाई सह लगानीकर्ताको रूपमा भित्राउने प्रस्ताव लगानी बोर्डमा गरेको छ। यो फ्रान्स सरकारको पनि लगानी रहेको कम्पनी हो। यसले अन्य देशमा पनि काम गरेको देखिएको छ। भारतमा पनि काम गरिरहेको छ। त्यसैले इडीएफ ग्रुपको सहकार्यमा चाहिँ उक्त आयोजना निर्माणको कामले गति लिन्छ कि?,’ उनले भने। 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  २१:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्