• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

न्यायमा हुने विलम्ब र यसका प्रभावी तत्वहरू

हेमन्त रावल बिहीबार, साउन १९, २०७९  २१:०७
1140x725

न्यायालयबाट समयमै प्रदान गरिने न्यायले नै न्यायका उपभोक्ताहरुलाई वास्तविक न्यायको अनुभूति दिलाउँछ। न्यायमा हुने अवाञ्छित विलम्बले न्यायका उपभोक्ताहरुको आकांक्षामा तुषारापात त गर्छ नै साथै न्यायालयको साख, ओज, गरिमा,प्रभावकारिता र विश्वशनीयतामा पनि उल्लेख्य मात्रामा क्षति पुर्‍याउँछ। 

दुखेको घाउमा समयमै मलम लगाउँदा जसरी घाउको दुखाइ कम हुने गर्छ, त्यसरी नै अन्यायमा परेको व्यक्तिका लागि समयमै प्राप्त हुने न्यायको प्रत्याभूतिले पनि औषधिरुपी मलम समानकै काम गर्दछ।  

त्यसैले न्याय पाउनु मात्र होइन समयमै न्याय पाउनु नागरिकको संवैधानिक हक हो भन्ने विधिशास्त्रीय मान्यता विकास भएको पाइन्छ। 

'न्याय' शब्द सतहमा न्यायलयसँग मात्र सम्बन्धित जस्तो देखिए पनि यसको दायरा र सन्दर्भ राज्यका प्रत्येक सार्वजनिक सेवाप्रदायक निकायहरुबाट नागरिकका लागि प्रदान गरिने सेवाप्रवाहको तह सम्मको विस्तारित अवस्था समेतलाई जनाउँछ। एउटा नागरिक कर तिर्न जाँदा होस् वा सम्पत्ति बिक्री गर्न, नागरिकता लिन जाँदा होस् या कुनै व्यवसाय दर्ता, अध्ययनका लागि विद्यालय भर्ना हुँदा होस् या अध्ययनपश्चात् लब्धांक पत्र लिन जाँदा होस्, सम्बन्धित निकायहरुबाट हरेक सेवाग्राहीले सहज र  सम्मानजनक तरिकाले समयमै सेवा प्राप्त गर्ने प्रबन्धको सुनिश्चितता हुनु पर्दछ।  

न्यायपूर्ण समाजका लागि सरकारका सबै संयन्त्रहरुले न्यायिक मनका साथ कानुनसम्मत तरिकाले काम गरेको हुनु पर्दछ। हरेकको जवाफदेहीतालाई न्यायको आँखाले हेरिएको र पारख गरिएको हुन्छ।

कार्यकारिणीले वा कुनै ओहदाधारीले कानुनसम्मत तरिकाले काम नगरेको अवस्थामा त्यसलाई कानुनको दायरामा ल्याउन र सम्बन्धित आहत व्यक्तिलाई न्यायको छहारीमा सुरक्षित राख्न न्यायालयको अन्तिम जिम्मेवारी रहेको हुन्छ। न्याय सम्पादनका क्रममा न्यायालय यो जिम्मेवारीबाट चुक्यो भने न्यायालयको प्रभावकारितामा ह्रास आउने मात्र होइन समग्र न्याय व्यवस्था र  कानुनी व्यवस्था नै धरापमा पर्ने जोखिम रहन्छ। त्यसैले न्याय सम्पादनको गहन जिम्मेवारीमा रहेका व्यक्ति र संस्थाहरुको भूमिका अहम् मानिन्छ।  

न्याय सम्पादनका क्रममा कानुनले निर्धारण गरेको न्यूनतम समयलाई छिटो न्याय सम्पादनका नाममा कसैले अन्यथा गर्न सक्दैन भने त्यो भन्दा अतिरिक्त अधिक समयलाई कसैले उदारतापूर्वक अभ्यास गर्न खोज्नु पनि हुँदैन। कानुनत: मुद्दा अदालतमा दर्ता भए पनि त्यो मुद्दामा लाग्ने समग्र समय मुद्दाको सम्बन्धित पक्षको हो र अदालत एवं जोडिएका अन्य सरोकारवालाहरुले मुद्दाका पक्षको त्यहीं समयको उच्चतम् सदुपयोग गर्ने हेतुले कार्यसम्पादन गर्ने गर्नु पर्दछ।  

पछिल्लो समय नेपालका अदालतहरु पनि ढिलो न्याय सम्पादनको आलोचनाबाट आलोचित हुँदै आएको अवस्था छ। यथार्थता के हो त? यसको विश्लेषण हुनु जरुरी देखिन्छ!   

Ncell 2
Ncell 2
nimb
nimb

अदालतमा मुद्दाको संख्या बढ्नुले समाज जटिलतातर्फ उन्मुख छ भन्ने बुझिन्छ। अदालतमा मुद्दा संख्या बढ्नु, अस्पतालमा बिरामीहरुको संख्या बढ्नु र मसानघाटमा मुर्दाहरु धेरै जल्नुले समाज स्वस्थ छैन भन्ने कुराको संकेत गरी रहेको हुन्छ। तथापि, ती सबै कुराको यथोचित सम्बोधनका लागि सम्बन्धित अंग निकायलाई चुस्त दुरुस्त राख्नु सर्वााधिक आवश्यक मानिन्छ।  

सन्दर्भ न्यायको छ। त्यसैले विषय प्रसंग अदालत केन्द्रित गरौं। न्यून जनशक्ति, न्यून बजेट र राज्यको न्यून प्राथमिकताबीच अधिक संख्याका मुद्दालाई निश्चित समयसारिणी भित्र टुंगो लगाउनु अदालतको चुनौती हो। तथापि चुनौतीलाई उपयोग गर्ने अवसर पनि अदालत सामु छ।  

अदालतमा विवादको विषयले प्रवेश पाइसकेपछि त्यो विवादसँग सम्बन्धित मुद्दाका पक्षहरु, पक्षका कानुनी प्रतिनिधिको रुपमा रहने प्रतिरक्षी कानुन व्यवसायीहरु र स्वयं अदालतको त्रिकोणात्मक सक्रियता र समन्वयबाट मात्र न्यायको यात्राले गति लिने भए पनि न्यायको अन्तिम जस-अपजसको भागीदार अदालतमात्र हुनु पर्दछ।

तथापि, शीघ्र न्यायका लागि सम्बद्ध यी सबैको भूमिका उत्तिकै अपेक्षित हुन्छ। अन्यायमा नपरि कोही पनि अदालत आउँदैन भन्ने पारम्परिक मान्यता र विश्वासमा अहिले धेरै बदलाव आइसकेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

न्याय प्राप्तिको लागि भन्दा पनि आफ्नो विपक्षीलाई न्यायिक प्रक्रियामा अल्झाइ रहने र झुलाइ रहने कुत्सित मनसायका साथ अदालत प्रवेश गर्नेहरुको प्रवृत्तिलाई पनि यस सन्दर्भमा मनन गर्नु पर्ने हुन्छ। त्यस्ता प्रवृत्ति मुद्दाको पक्षहरुका लागि मुद्दाको विषय र परिणाम गौण तथा प्रतिशोधको विषय प्राथमिक हुने गर्दछ।

मुद्दामा विपक्षीलाई जति अल्झाउन सकियो त्यति सफलता र सन्तुष्टि मान्नेहरुका लागि न्यायमा हुने विलम्बता सुखद् जस्तो लागे पनि त्यसबाट अनाहकमा पिल्सिनु परेको अर्को पक्षका लागि न्यायालयको कामकारबाही बोझिलो मात्र होइन थप पीडादायी हुने गर्दछ। त्यसलाई समयमै छेदन गर्न सकिएन र नियन्त्रणमा राख्न सकिएन भने त्यो पक्षको नजरमा न्यायालय सधैं झुट्टा मुद्दाको खेल मैदान र प्रतिशोध साध्ने अनुपयुक्त थलोको रुपमा चित्रित भैरहन्छ। जसबाट जोगिन अदालतले सधैं विवादको वास्तविकताको समयमै पहिचान गर्न सक्नु पर्दछ।  

कानुन सबैले जानेको हुन्छ र हुनुपर्छ। यो कानुनको सामान्य अनुमान हो। यही मान्यतामा 'कानुनको अज्ञानता क्षम्य हुँदैन' भन्ने सिद्धान्तको विकास भएको पाइन्छ। तथापि सबैले कानुन जानेको हुँदैन, जान्दैनन् तर पनि प्रचलित कानुन मान्दछन्। यो यथार्थ हो। कानुन जानेकैले पनि आफू संलग्न भएको विवादको विषयमा आफ्नो कुरा आफैं अदालतमा उपस्थित भएर आफै राख्न सक्दैनन्। त्यसैले उनीहरू कानुनका ज्ञाता कानुन व्यवसायीहरुलाई आफ्नो कानुनी प्रतिनिधिको रुपमा मुकरर गर्दछन् र मुद्दाको तमाम अवधि भर आफ्नो अहित नहुने गरी बोल्न र प्रतिनिधित्व गर्न कानुनत: सशर्त अनुबन्धित गर्दछन्।

आफू सम्बद्ध मुद्दाका पक्षको छिटो न्याय प्राप्तिको स्वाभाविक चाहनालाई यथार्थमा साकार तुल्याउन न्याय सम्पादनका क्रममा न्यायिक प्रकृयालाई छरितो बनाउन सम्बद्ध कानुन व्यवसायीको पनि ठूलो हात र योगदान रहन्छ। मुद्दामा लाग्ने समयले मुद्दाको पक्षलाई भारी बोझ महशुस भै रहेको हुन्छ भन्ने कुराको बोध सम्बन्धित कानुन व्यवसायीलाई भएकै हुनु पर्दछ।

पेसी स्थगित गर्ने, लामो तारेख लिन लगाउने र अनुकूल प्रतिकुलको अनुमान गरेर अनावश्यक विलम्ब गर्नु भन्दा नितान्त काबु बाहिरको परिस्थितिमा बाहेक अन्य अवस्थामा सम्बन्धित पक्षको मन्जुरी बेगर मुद्दामा विलम्ब हुने कुनै कामकारबाही गरिनु हुँदैन। मुद्दा व्यक्तिको भए पनि त्यसको प्रकृया, परिणाम र समयतत्व अदालतको साखसँग जोडिने हुँदा त्यसलाई अदालतले पनि बेलगाम छोडनु हुँदैन। उचित प्रतिनिधित्वविना स्वच्छ सुनुवाइ हुँदैन।

स्वच्छ सुनुवाइविना पूर्ण न्याय हुन सक्दैन। प्रतिनिधिले समुचित प्रतिनिधित्व गरेन भने क्षतिपूर्ति दाबी गर्न सक्ने कानुनी व्यवस्था प्रचलनमा आइसकेको वर्तमान अवस्थामा प्रतिनिधित्वलाई केबल प्रतिनिधिको रुपमा मात्र नहेरी गम्भिर जिम्मेवारीको रुपमा मनन गर्नु पर्ने तथ्यलाई बिर्सनु हुँदैन।

छिटो न्याय सम्पादनको श्रेय न्यायलयलाई मात्र होइन कानुनी प्रतिनिधिको रुपमा रहेको कानुन व्यवसायीलाई पनि जाने र कानुन व्यवसायीको पेशागत मर्यादा बढ्ने कुरामा पनि सन्देह रहँदैन। अदालतको गरिमासँग जोडिएको कानुन व्यवसायीको मर्यादालाई उचो राख्न पनि न्यायमा हुने विलम्बतालाई सामूहिक जिम्मेवारीको रुपमा लिनु आवश्यक देखिन्छ।

सबै सज्जन्, कानुन अनुकूलको आचरण व्यवहार मात्र गर्ने र आफ्नो अर्काको मर्यादाको सीमा छुट्याउन सक्ने गुणात्मक चेत भएका आदर्श नागरिकहरुको मात्र समाजमा बसोबास हुँदैन। त्यस्तो समाज व्यवस्थाको परिकल्पना सिद्धान्ततः जायज भए पनि यथार्थमा त्यो असम्भव प्रायः हुन्छ। समाजमा समस्याहरु बग्रेल्ती छन्।

समस्याग्रस्त व्यक्तिहरूको बाहुल्यता छ। आफू आफ्नो तरिकाले आफ्नो बाटोमा हिँडेर मात्र गन्तव्यमा सहजै पुग्न नसकिने अवस्था विद्यमान छ। अन्तर्निर्भरता र दूरावस्थाको यो चरम अवस्थामा समस्याविहीन समाजको अभ्यास नभएकाले नै विवाद निदानका लागि राज्यले अग्रिम रुपमा प्रहरी, प्रशासन र न्यायलयको व्यवस्था गरेको हुन्छ।  

व्यक्तिले कानुनका छिद्रहरुसँग ‍खेल्न सक्छ। प्रणालीको दुरुपयोग गर्न पनि सक्छ, आफ्नो निहित उद्देश्य पुर्तीका लागि अवाञ्छित अभ्याशहरु गर्न पनि सक्छ। आफ्नो निहित स्वार्थको लडाइँमा राज्यका संयन्त्रहरुको दुरुपयोग गर्न पनि सक्छ। तर, ती सबै अवाञ्छित अभ्यास र तिकडमबाजीहरुलाई राज्यका साधिकार निकायहरुले चिन्न र चिर्न सक्नु पर्छ। अदालतले पनि न्यायमा हुने अनावश्यक विलम्बलाई कानुनको दायरामा राख्दै रोक्न सक्नु पर्दछ।

वाञ्छित उद्देश्य पराजित भइसकेपछि प्राप्त हुने परिणाम विनाको कागजी न्यायले न्यायका आकांक्षीको अनुहारमा अपेक्षित खुसी दिन सक्दैन। मृत्युपछिको चिकित्सकले पीडित परिवारमा आशा/भरोसा जगाउन नसके जस्तै ढिलो गरि दिइने न्यायले न्यायको औचित्य स्थापित गर्न पनि सक्दैन। अरुलाई कारण देखाएर आफ्नो असफलताको ढाकछोप गर्ने छुट अदालतलाई हुँदैन। विभिन्न व्यवधान र प्रतिकूलतालाई छिचोल्दै समयमै न्याय सम्पादन गर्नु र कार्यान्वयनको माध्यमले न्याय प्राप्तिको अनुभूति दिलाउनु न्यायलयको संवैधानिक र कानुनी दायित्वका साथै नागरिकको वैध अपेक्षा हो।  

अदालत भनेको चार दिवारभित्रको सजिसजाउ आधुनिक भवन मात्र होइन, त्यहाँ बस्ने न्यायाधीश, कर्मचारी र कानुनको आवाज बोल्ने कालो कोटधारी कानुन व्यवसायीहरु सबै हुन्।

न्यायाधीशहरुमा न्यायिक मन र न्यायिक अनुशासन भएन, कर्मचारीहरुमा न्यायिक उत्तरदायित्व र कर्तव्यवोध भएन  र कानुन व्यवसायीहरुमा न्यायिक जवाफदेहिता र व्यवसायिक मर्यादा रहेन भने अदालतका सेवाहरु  सधैं विवादको घेरामा रहन्छन्। जसले गर्दा न्यायालय सम्बद्धहरुको निष्ठामा प्रश्न त उठ्छ नै नागरिकको न्याय प्राप्तिको हकसमेत कुण्ठित हुन पुग्दछ। 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्