काठमाडौं– सोमबारदेखि हराइरहेको पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भेटिएको छ। राहतका लागि उडेको हेलिकप्टर सोमबार रातिदेखि सम्पर्कविहीन बनेको थियो।
उक्त हेलिकप्टरमा सवार ६ सैन्य अधिकारीको मृत्षु भएको बीबीसी हिन्दीले जनाएको छ। उक्त हेलिकप्टरमा लेफ्टीनेन्ट जनरल सरफराज अली पनि सवार थिए।
पाकिस्तानी सेनाले सार्वजनिक गरेको प्रारम्भिक सूचनामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको हो। यो हेलिकप्टर बलूचिस्ततानको लासबेलामा राहत कार्यका लागि पुगेको थियो।
सोमबारको रातिदेखि हेलिकप्टरको सम्पर्क ट्राफिक कन्ट्रोल रुमसँग टुटेको थियो। पाकिस्तानका प्रधानमनत्री शहबाज शरीफले पाकिस्तानी सेनाको एक हेलिकप्टर बेपत्ता भएको विषयमा सेनाका प्रमुख जनरल कमर जावेद बाजवासँग फोनमा कुराकानी गरेका थिए।
उनले हेलिकप्टरमा सवार ६ अधिकारीको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको थिए। प्रधानमन्त्री शहबाजले लेफ्टिनेन्ट जनरल सरफराज अलीको प्रशंसा गर्दै उनलाई एक शानदार अधिकारी र असल व्यक्ति भन्दै टिप्पणी गरेका छन्।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पनि ट्वीट गरेर यो घटनाप्रति चिन्ता व्यक्त गर्दै सबै सुरक्षित फर्कने कामना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।