• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

शर्माको पुनर्नियुक्ति : देउवा-प्रचण्डको बलमिच्याइँ

64x64
किशोर दहाल आइतबार, साउन १५, २०७९  १८:४६
1140x725

काठमाडौं- 'छानबिन समिति बनाउने कुरा आज मात्रै आएर भयो। यो छानबिन समिति बनाउने मेरो कुरा थिएन, मैले व्यक्तिगत रुपमा गर्न सक्ने कुरा थिएन। आज सरकार र सभामुखज्यूको पहलमा समिति बनेको छ। यसलाई म स्वागत गर्छु, धन्यवाद दिन्छु। र यो छानबिनका लागि मैले मार्ग प्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु। छानबिनले ल्याएको तथ्य सत्यका अगाडि म उपस्थित भएर म फेरि आफ्ना विषयवस्तु, अभियान र आफ्नो कामलाई अगाडि बढाउने, देश र जनताको पक्षमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।'

बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेर दिनप्रतिदिन विरोध खेपिरहनुपरेपछि अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले गत असार २२ गते प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गरे। सोही बैठकबाट गठन भएको ११ सदस्यीय छानबिन समितिलाई शर्माले सघाउने प्रतिबद्धता व्यक्त गरे नै, छानबिनबाट निर्दोष साबित भएर आउने संकेत पनि गरे। त्यसैले पनि उनले 'छानबिनले ल्याएको तथ्य सत्यका अगाडि म उपस्थित भएर म फेरि आफ्ना विषयवस्तु, अभियान र आफ्नो कामलाई अगाडि बढाउने' बताएका थिए।

परिस्थिति शर्माले भनेअनुसार नै अगाडि बढेको छ। उनी २६औं दिनमा पुनः अर्थमन्त्रालय फर्किएका छन्। आइतबार नै उनलाई पुनर्नियुक्ति गरिएको छ। राजीनामाअघि नै उनले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। शर्माले आइतबारै शपथ ग्रहण गरेर पदभार सम्हालेका छन्। राजीनामापछि यति छोटो समयमै पुनर्नियुक्ति पाउने शर्मा सम्भवतः पहिलो मन्त्री हुन्।

यसबीचमा उनीविरुद्ध छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिले शर्मामाथिको आरोप पुष्टि गर्न सकेन। 'समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जवाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन', समितिको निष्कर्ष छ।

उता समितिमा रहेका एमालेका सांसदहरु खगराज अधिकारी, प्रदीपकुमार ज्ञवाली, विमला विक र भानुभक्त ढकालले २५ बुँदे फरक मत राखेका थिए। एमालेका सांसदहरुको फरक मतमा 'परिस्थितिजन्य प्रमाणहरुले यस क्रममा (करका दरहरु हेरफेरमा) अनधिकृत व्यक्तिको प्रवेश भएको आशंकालाई नै बल पुर्यााउँछन्' भनिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

छानबिन समितिको जुन प्रतिवेदनले शर्मालाई 'क्लिन चिट' दियो। त्यो आफैंमा विवादरहित छैन। विशेषगरी छानबिन समितिले खोजेका जस्ता तर्क र प्रमाणहरुमा टेकेर प्रतिवेदन तयार गर्योई र निष्कर्ष निकाल्यो, त्यसले अहिलेकै जस्तो परिस्थिति निम्त्याउने निश्चितप्रायः थियो। किनकि, सीसीटीभीका फुटेजहरु डिलिट भइसकेको भन्दै पहिल्यै निश्चित सन्देश दिइसकिएको थियो। त्यसैले डिलिट भइसकेका भनिएका फुटेजको भरमा छानबिन गर्नु र 'अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन' भन्नु कुनै ठूलो बहादुरी होइन। आश्चर्यजनक निश्कर्ष पनि होइन।

यो होइन कि, जनार्दन शर्मालाई जसरी पनि दोषी नै करार गरिनुपर्थ्यो। त्यस्तो अपेक्षा राख्ने हो भने छानबिनको कुनै जरुरी हुँदैनथ्यो। तर, छानबिनका प्रक्रिया र प्रयोग गरिएका विधिहरु सफा नियतका साथ अपनाइएका छन् भनेर आम मानिसले पत्याउने हुनुपर्छ। यो छानबिनका क्रममा त्यस्तो भएन। निश्चित उद्देश्य राखेर छानबिन सुरु गरियो र निष्कर्ष निकालियो भन्ने आशंका स्वयं समितिमा सहभागी एमालेका सांसदहरुले व्यक्त गरेका छन्।

भन्न त प्रतिनिधि सभाबाट राजीनामा घोषणा गर्दा शर्माले आफू हज्जारौं छानबिनका लागि तयार छु भनेका थिए। तर, दुर्भाग्य, उनीमाथि एउटा समितिको छानबिन पनि भरपर्दो भएन।

यी पृष्ठभूमिका आशय के हुन् भने, संसदीय छानबिन समितिले शर्मालाई  सफाइ त दियो। तर उनी निर्दोष नै हुन् भनेर आम मानिसमा विश्वास भर्न सकेको छैन। उनमाथिको 'क्लिन चिट' केवल प्राविधिक विषय हो। उनीमाथिको आशंका र नैतिक प्रश्न बाँकी नै छ। यसको निराकरण बजेटको कार्यान्वयनको क्रममा खुल्दै जाने थियो। त्यो पनि शर्माको बहिर्गमनकै स्थितिमा। तर, अब त्यो सम्भावना रहेन। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः मिलिभगत गरेर शर्मालाई अर्थमन्त्रालयको ढोका खोलिदिएका छन्।

शर्माको बहिर्गमनको अपेक्षा बजेट निर्माणको विवादास्पद गतिविधिसँग मात्रै सम्बन्धित होइन। उनी लगातारजसो अनेक विवादमा फसिरहेका थिए। उनीमाथि नैतिक प्रश्नहरु उठिरहेका थिए। तर, बालुवाटार र खुमलटारका प्यारा भएकै कारण उनले उन्मुक्ति पाउँदै थिए। पछिल्लो प्रकरणले उनले आफ्नो 'महानता'का लागि 'पुरस्कार' पाए जस्तो भएको छ। यस्तो त देउवाको शासन र प्रचण्डको साथमा मात्रै सम्भव हुन्छ।

शर्माको पुनर्नियुक्तिले देउवा-प्रचण्ड कस्तो शासन चाहन्छन् भन्ने प्रष्ट भएको छ। उनीहरुलाई नागरिकले व्यक्त गरिरहेको आशंका र ठड्याइरहेको औंलाभन्दा अनेक स्वार्थको लगनगाँठो प्राथमिक विषय भएको छ। त्यसैले शर्माको ठाउँमा अरु कसैलाई अवसर दिनु पनि उचित ठानेनन्। उनीहरुका लागि नागरिकको सुशासनको अधिकारभन्दा जनार्दनको प्रतिष्ठा ठूलो लागेको छ। 

देउवा-प्रचण्ड सत्ता गठबन्धन जोगिन्छ भने जस्तासुकै कलंकको टीका थाप्न तयार देखिएका छन्। अनौठोचाहिँ के छ भने, उनीहरुले आफ्नो गठबन्धनको उद्देश्यमा लोकतन्त्र, मूल्यमान्यता, जवाफदेहीता जस्ता विश्लेषणको सूचीको लहर तेर्स्याउँछन्। तर, त्यो व्यवहारमा झल्किनुपर्ने आवश्यकता भने ठान्दैनन्। शर्माको पुनर्नियुक्ति उनीहरुको बलमिच्याइँको द्योतक हो।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्