काठमाडौं–अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल श्रीलंकाको बाटोमा नरहेको बताएको छ। नेपालको अर्थतन्त्र र विकास साझेदारहरु बलिया रहेकाले नेपाल सहज अवस्थामा रहेको आईएमएफको भनाइ छ।
बिहीबार अमेरिकी दूतावासले गरेको ‘व्यापार तथा लगानी सहजीकरण' कार्यशालामा बोल्दै आईएमएफकी नेपाल प्रतिनिधि मारिया टेरेसाले उक्त कुरा बताएकी हुन्।
‘‘नेपाल निकै बलियो अवस्थामा छ। कुल गार्हस्थ उत्पादनको ४० प्रतिशतमात्र ऋण छ। यो राम्रो हो। सरकारले ल्याएको वित्तिय नीति तथा मौद्रिक नीति सही दिशातर्फ गइरहेको छ।,’ टेरेसाले भनिन्, ‘नेपाललाई विकास साझेदारहरूको महत्वपूर्ण र बलियो सहयोग रहेको छ। तसर्थ, अहिले नेपालको अर्थतन्त्र बलियो अवस्थामा छ। यो श्रीलंकाको बाटोमा छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।