• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
पार्टीका प्रशिक्षण एकैपटक १० वटा च्यानलमा फिल्म हेरेजस्तो हुन्छ : घनश्याम भुसाल [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ शुक्रबार, साउन ६, २०७९  १८:३३
1140x725

कुनै समय वैचारिक बहसका लागि कहलिएका थिए, नेपालका वामपन्थी पार्टीहरु। इतिहासलाई बुझ्ने कसरी, आफूले भनेजस्तो भविष्य ल्याउने कसरी, कस्तो नीति लिँदा लक्ष्य प्रष्टसँग देखिन्छ, कस्तो कार्यक्रम ल्याउँदा बाटो प्रष्टसँग देखिन्छ? ‍अध्यक्षको प्रतिवेदनमा के आयो, के छुट्यो? पुरक प्रतिवेदनमा के ल्याइयो? महाधिवेशनदेखि विभिन्न कमिटीका बैठकको मुख्य चासो यस्तै विषय हुन्थ्यो। तर समय बदलियो, अब कम्युनिष्ट पार्टीका अध्यक्षको दस्तावेजमा विचार नभएको कार्यकर्ताहरु नै बताउँछन्। बरु पार्टीले चुनावमा कति सिट जित्ला? सत्तामा कहिले जाला? को मन्त्री बन्लान्? चासोका मुख्य विषय यिनै हुन्। यस्तो किन भयो? कहिलेदेखि र कसरी भयो? सत्ता नै सबै विचारको केन्द्र कसरी भयो? वामपन्थी पार्टीहरुको दौड किन चुनावदेखि चुनावसम्म र सरकारदेखि सरकारसम्मको चौघेरामा सीमित भयो? यिनै विषयलाई केन्द्रमा राखेर नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः

केही दशकअघि र अहिलेको अवस्थालाई तुलना गर्दा पार्टीभित्र वैचारिक बहस, यसलाई सर्वोपरी मान्ने प्रवृत्ति र यसका निम्ति राजनीति गर्ने कार्यकर्ताको प्रतिबद्धता कस्तो पाउनुहुन्छ?
जतिबेला हामी राजनीतिमा जोडियौँ, त्यतिबेला गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी हुने व्यवस्था ल्याउने आदर्श थियो। निश्चित लक्ष्य पनि थियो। त्यसैले हामीले पञ्चायत फाल्यौँ। राजा पनि फाल्यौँ। तर आजको समाज कस्तो छ, केही सुधार गर्नुपर्ने छ कि छैन? केही फाल्नुपर्ने छ कि छैन? समाजलाई अवरुद्ध गर्ने केही चिज छ कि छैन? समाज नै अवरुद्ध छ कि छैन? भन्ने जस्ता प्रश्नमाथि अहिले छलफल हुँदैन।

हिजो राज्य फेर्ने कुरा थियो। त्यसमार्फत समाज फेर्ने कुरा थियो। त्यसका धेरै कारण थिए। तर अहिले मान्छेले यो समाजको गति र अवरोधका बारेमा कम सोच्न थाले। हिजोको राजनीति प्रतिपक्षी थियो। विद्रोही थियो। बागी थियो। आज जुनसुकै राजनीति पनि सत्ताधारी छ। त्यो गाउँ, वार्ड, प्रदेश वा संघमा होला तर कहीँ न कहीँ सत्ताधारी छ। यसो हुँदा साधन स्रोत, नियम र कानुनमा पहुँच पुगेको छ। कानुनहरु लागू गर्ने अड्डा अदालतमा पहुँच छ। त्यो पहुँचमार्फत अब समाज होइन, आफू फेरिन लाग्यो।

यसरी अहिलेको राजनीतिको मुख्य प्रवृत्ति पैसा कमाउने भएको छ। किनभने, राजनीति सजिलो काम रहेछ। तपाईंले बिजनेस गर्नुभयो भने केही जोखिम छ। कहिलेकाहीँ तलमाथि पर्नुहोला। उद्योग गर्नुभयो भने झन् बढी जोखिम छ। तर राजनीतिमा केही पनि जोखिम उठाउनुपर्दैन। बरु नाम पनि पाउनुहुन्छ। पैसा पनि पाउनुहुन्छ। यो त अहिले एउटा धन्दा बन्दैछ। यही धन्दाको प्रतिस्पर्धा भइरहेको छ।

मानौँ न, तपाईं हिजो केही पनि गरिरहनुभएको थिएन। तर अब एउटा नेताको पछाडि लाग्नुभयो। उनको जिन्दावाद गर्नुभयो। एयरपोर्ट जानुभयो। घरमा जानुभयो। 'तपाईं ठूलो र महान् राजनेता' भनेको भन्यै गर्नुभयो। फेसबुकमा लेखिराख्नुभयो। त्यसो गर्न थालेको दुई/चार वर्षमा त तपाईं अर्कै हुनुभयो। तपाईं 'बडीगार्ड' जस्तो भएर हिँड्न थाल्नुभयो। पीए जस्तो भएर हिँड्न थाल्नुभयो। त्यसपछि नेताको घरकै परिवार जस्तो हुनुभयो। गुटको विश्वासिलो सदस्य हुनुभयो। त्यसपछि तपाईंलाई चाहिने पद, ठेक्का र पैसामा संरक्षण प्राप्त हुने भयो। यसरी अहिले राजनीति बिग्रिँदै गएको छ। र, राजनीति एउटा सजिलो बडो सम्मानपूर्ण धन्दा बन्दैछ।

राजनीति त जनतासँग जोडिएका नेताहरुबाट होइन, सत्तामा गइरहने केन्द्रकै नेताहरुबाट बिग्रिन थालेको रहेछ, होइन?
हाम्रै अनुभवको कुरा गरौँ। २०५१ सालमा हामी पहिलोपटक सरकारमा गयौँ। त्यसभन्दा अघि पनि अन्तरिम सरकारमा त गएका थियौँ, तर सत्ता अभ्यासको कुरा त्यति थाहा थिएन। २०५१ सालको सरकारबाट फर्किएपछि भने हाम्रो नेतृत्वको एउटा तहलाई थाहा भयो, सत्ता त फाइदाको धन्दा रहेछ। २०५१ सालमै हामीले हरेक गाउँलाई तीन लाख दिने घोषणा गरेका थियौँ। त्यसअघि गाउँमा पैसा जाँदैनथ्यो, अब जाने भयो।

२०४९ सालमा हामीले स्थानीय तहको चुनाव लड्दाखेर उम्मेवार पाइँदैनथ्यो। त्यतिबेला पनि कार्यकर्ता थियौँ, कमिटी थियो। तर उम्मेदवार बन्न र पदमा जानका लागि कुनै लुछाचुडी थिएन। 'तपाईं जानुस् न, तपाईं मभन्दा पढेको हुनुहुन्छ, तपाईंले जान्नुभएको छ, तपाईंलाई समाजको अनुभव छ, तपाईंले अझै राम्ररी काम गर्न सक्नुहुन्छ, तपाईं जाँदा पार्टीलाई फाइदा हुन्छ' भन्ने खालको विमर्श हुन्थ्यो। २०५४ सालमा आउँदा अलिकति बदलियो। उम्मेदवार बन्नका लागि कोहीकोहीले अलिकति प्रयत्न गर्न थाले। वा 'तपाईं उम्मेदवार हुने' भनेपछि सजिलै मान्न थाले। किनभने त्यहाँ पैसा गएको थियो।

त्यसपछि त हामी अभ्यस्त हुन थाल्यौँ। जोसुकैसँग पनि मिल्ने, जसरी पनि सरकारमा जानेतिर केन्द्रित हुन थाल्यौँ। हाम्रै सन्दर्भमा भन्दा, 'जनताको बहुदलीय जनवाद भनेको के हो?' भन्दा 'जसरी पनि सरकारमा जाने' भन्ने भयो। सरकारमा नहुँदा सरकारमा जाने, सरकारमा गइसकेपछि सकेसम्म लामो समय बस्ने, सरकारबाट बाहिरिनासाथ फेरि सरकारमा जान प्रयत्न गर्न थाल्यौँ। चुनावदेखि चुनावसम्म जाने, सरकारदेखि सरकारसम्म जाने उपक्रमको उद्देश्य के थियो? भन्नलाई त देशको उन्नति र प्रगति, जनताको बहुदलीय जनवाद भन्थ्यौँ। तर, जे सुकै भनिए पनि त्यसबाट तिनीहरुको जिन्दगीमा केके फरक भयो भनेर हेर्नुपर्छ।

Ncell 2
Ncell 2

हामी कम्युनिस्टहरुले खान, भ्रष्टाचार गर्न र लामो हात गर्न अरुबाटै सिकेका हौँ। अहिले हामी पनि धेरै पारंगत भइसकेका छौँ। यो बीचमा राजनीतिमा गएका र सत्तामा पुगेका टाठाबाठाहरु जो छन्। तीमध्ये बहुत थोरै मात्रै होलान्, जसले आफ्नो जिन्दगी बदलेका छैनन्। हिजोको श्रीसम्पत्ति, उठबस, हिँडडुल, रहनसहन र स्तरमै बाँचिरहेका मान्छेहरु बहुत कम होलान्। तर, धेरैले आफ्नो  आफ्नो जिन्दगी बदलेका छन्। त्यसैले राजनीतिमा विचार सिद्धान्तको मूल्य कमजोर हुँदै गएको छ। बरु बठ्याइँ, चलाखी, धुर्त्याइँ, खुट्टा तानातान, गलत प्रचार र निन्दा प्रचार हाबी हुँदै गएको यथार्थ हो।

पार्टी नेतृत्वले त विचारले, नीतिले पार्टीलाई पकडमा राख्नुपर्ने नि। विगतमा कम्युनिस्ट पार्टीहरुमै पनि त्यस्तो पकड देखिन्थ्यो। कुनै समय एमालेकै मदन भण्डारी वा माओवादीका प्रचण्डले त्यो हैसियत देखाएका थिए। कहाँबाट यो भत्किन थाल्यो?
मदन भण्डारी त सत्ताको अनुभव गर्नु अगाडि नै बितिहाल्नुभयो। त्यो कुरै फरक भयो। जबदेखि साधन स्रोतसँग हामी आफैं जोडिन थाल्यौँ। हाम्रा प्रतिनिधिहरु जोडिन थाले। सत्ताको वैभवको लसपस त्यहीँबाट सुरु भयो। त्यसमा सबैभन्दा पहिले माथिका मान्छेहरु थिए। तिनले नै को कहाँ जाने, कहाँ नजाने भनेर रोज्ने भए। कुन ठूलो मन्त्रालय हो, कुन धेरै पैसा भएको मन्त्रालय हो, कुन धेरै 'मार्जिन'हरु भएको मन्त्रालय हो भनेर तिनीहरुले नै रोज्ने भए। यो प्रवृत्ति हामी सत्तामा आउनुभन्दा अगाडि कांग्रेसमा थियो। कांग्रेसभन्दा अगाडि पञ्चमा थियो। पञ्चले कांग्रेसलाई सिकाए। कांग्रेसबाट हामीले सिक्यौँ। हामीले सिक्दाचाहिँ पहिले नेताहरुले सिके, त्यसपछि क्रमशः दर्जा अनुसार हामीले सिकाउँदै गयौँ।

तैपनि हरेक महाधिवेशनमा विचारका कुरा हुन छाडेका छैनन्। त्यहाँ प्रस्तुत गरिने प्रतिवेदनहरु देखाउने र भुलभुलैयामा पार्ने दस्तावेज मात्रै हुन्?
विचार त महाधिवेशनहरुमा देखाउने कुरा मात्रै छ। त्यस्तो हुनुको कारण छ। महाधिवेशन प्रतिनिधिको आकार ठूलो बनाइन्छ। धेरै प्रतिनिधि ल्याएर महाधिवेशन गर्न सक्नु नै पार्टीको शक्ति र सामर्थ्यको प्रतीक हुन थालेको छ। महाधिवेशनमा धेरै मान्छे बोलाइएपछि छलफल गरिँदैन। महाधिवेशनभन्दा अगाडि पनि गुटबन्दीको तानातानले छलफलहरु हुँदैन। अहिलेका पार्टीहरुको महाधिवेशन बाहिर अरुलाई शक्ति प्रदर्शन गर्ने होइन कि आफैंभित्रका गुटको शक्ति प्रदर्शन गर्ने थलो मात्रै बनेका छन्। त्यसैले त्यहाँ कम मात्रै छलफल हुन्छ।

दुःखपूर्वक भन्नुपर्छ र स्वीकार गर्नुपर्छ, अहिले हाम्रा पार्टीमा बहुत कम छलफल हुन्छ। बरु गुटबन्दी र खुट्टा तानातान बढी हुन्छ। मिटिङ पनि राम्ररी हुँदैन। मिटिङमा पनि राजनीतिक र सैद्धान्तिक अजेन्डाहरु हुँदैनन्। जिल्लाको कमिटी बस्दैछ भने समग्र जिल्ला कस्तो छ? त्यहाँको आर्थिक, राजनीतिक, शैक्षिक र स्वास्थ्य स्थिति कस्तो छ? सुशासन कस्तो छ? बच्चाहरु कुलतमा कतिको फसिरहेका छन्? भूमिहीनहरुको समस्या के छ? दलितहरुको समस्या के छ? भन्ने बारेमा हाम्रो कमिटीहरुमा सामान्यतया छलफल नै हुँदैन। कहीँ पनि अजेन्डा बन्दैन।

shivam cement

shivam cement

जब छलफल हुँदैन। तब आफ्नो जिल्ला, प्रदेश वा मुलुकका जनताको उन्नति, शिक्षा, स्वास्थ्य तथा भेदभावको कुरा गरिँदैन। मानिसहरु विदेश गइरहेको, हामी रेमिट्यान्समा बाँचिरहेको जस्ता कुरा गरिँदैन। बरु ठूला कमिटी बनाइन्छ। त्यसो भएपछि छलफल हुँदैन। सम्भव पनि हुँदैन। अनि एक जनाले फर्मान जारी गरिदिन्छ। आदेश जारी गरिदिन्छ। आफू त्यत्रो शक्तिशाली भइसकेपछि उसले आफूलाई फाइदा हुने आदेश जारी गर्छ। आफ्नो गुटलाई फाइदा हुने आदेश जारी गर्छ। फाइदा भनेको उसको जिन्दगी कति बदलियो? त्यसैले गुटका मान्छेका जिन्दगी बदलियो भने सफल नेता भएँ भन्ने भयो। म, मेरा आफ्ना र मेरा गुटका मान्छेको जिन्दगी जति बदलिँदै जान्छ, त्यति नै राजनीति सफल हुने एउटा प्रवृत्ति अहिले बढ्दै गएको साँचो हो।

त्यसो भए, महाधिवेशन वा बैठकहरुमा आउने अध्यक्षहरुको प्रतिवेदनमा के हुन्छ खासमा?
जब मदनजी हुनुहुन्थ्यो, त्यतिखेर जनताको बहुदलीय जनवाद आयो। देशभरका सबै सदस्यले त्यसमाथि घण्टौँ छलफल, विचार-विमर्श गरेर र त्यही आधारमा प्रतिनिधि चुनिएर आएका थिए, पाँचौँ महाधिवेशनमा। पाँचौँ महाधिवेशनको हलको समूहहरुमा पनि विमर्श भएको थियो।

२०५१ सालमा हामी सरकारमा गयौँ। त्योभन्दा अगाडि तानसेनमा राष्ट्रिय परिषद्को बैठक भएको थियो। त्यो जेठ वा असारमा हुनपर्छ। त्यहाँ पानी कम थियो। हामीहरु सामान्य होटलमा तीन चार दिन बसेका थियौँ। नुवाउने, खाने र मुख धुने पानी पाउन पनि गाह्रो थियो। तर ती कुरासँग त्यति चासो थिएन। पार्टीले के नीति लिन्छ? के नारा बनाउँछ? कसरी लड्छ? भन्ने जस्ता विषयमा हरेक समूहमा जीवन्त छलफल भएका थिए। त्यसपछि त्यस्तो छलफल हामीकहाँ बहुत कम भए।

झलनाथ खनाल अध्यक्ष हुँदखेर केन्द्रीय कमिटीमा चाहिँ छलफल हुन्थ्यो। उहाँ प्रधानमन्त्री नै भएता पनि पाँच सात दिन लगातार केन्द्रीय कमिटी बैठकमा उठेका कुरा सुन्ने र सबैलाई बोल्न दिने गर्नुहुन्थ्यो। दृष्टिकोण फरक–फरक थियो। गुटबन्दी हुन्थ्यो। तर, केन्द्रीय कमिटी सदस्यको अधिकारको हिसाबले कसैलाई हेलाहोचो थिएन। आफूहरुले मात्रै बोल्ने, एकजनाले मात्रै बोल्ने, आफ्नो गुटकाले मात्रै बोल्ने, त्यो कुरा थोपर्ने, 'ल भयो भयो' भन्नेचाहिँ थिएन। केन्द्रीय कमिटीसम्म जीवन्त छलफल हुन्थ्यो।

त्यसपछाडि हामी सत्ता र दैनन्दिन राजनीतिमा अलिकति बढी लाग्यौँ। जसकारणले तल्ला कमिटीमा पनि छलफल हुँदैन। प्रशिक्षण भन्न लायक केही पनि कुरा हुँदैन। जाने र जाने जति भन्दिने, सुने जति भन्दिने भयो। भेलामा गएपछि आफूले जानेको छ भनेर देखाउनका लागि टिपटाप गरेर यसरी भनिन्छ कि त्यसले मान्छेलाई राजनीतिक र सैद्धान्तिक बाटो देखाउँदैन। झन् अलमल्ल पारिदिन्छ। एकैपटक दश वटा च्यानलमा फिल्म हेरेजस्तो हुन्छ। संगतिपूर्ण विषयमा केन्द्रित भएर, आजको विषय यी एक, दुई, तीन, चार हो। जाने बाटो यो हो। हामी यसरी जान्छौँ। समस्या यी हुन्। चुनौती यी हुन्। यसरी समाधान गर्छौँ भनेर कसैले बताउँदैन। त्यसले गर्दा अहिले मैले वाम तथा कम्युनिस्ट पार्टीहरुमा विचारको ठूलो समस्या देखेको छु।

कार्यकर्तालाई वैचारिक प्रशिक्षण गर्ने प्रचलन पनि हरायो होइन?
प्रशिक्षणहरु त छन्। तर प्रशिक्षण प्रशिक्षण जस्तो हुँदैन। शिक्षण जस्तो हुँदैन। सिक्ने र सिकाउने कुरा हुँदैन। मान्छे दिनभर बसिरहेका छन्। अनि लाइन लागेर नेताहरु आएर भाषण गर्छन्। निस्केर जाँदा के भयो त भन्दा, अघि मैले भनेजस्तो दश वटा च्यानलमा एकसाथ फिल्म हेरे जस्तो। कहीँ कमिकहरु आइरहेको होला। कहीँ सिरियल आइरहेको होला। कहीँ भाषण आइरहेको होला। सबै नेताले बोलेर निस्किँदा मान्छेले केही पनि बुझ्दैन। केही पनि सम्झिँदैन। त्यो खालको स्थिति छ।

अहिलेका प्रशिक्षणहरुमा सैद्धान्तिक, राजनीतिक, ऐतिहासिक, सामाजिक के विषयमा प्रशिक्षण भइरहेको छ भन्ने नै थाहा हुँदैन। तपाईंलाई जे मन लागेको छ, त्यही बोल्दिनुस्। हिँड्नुस्। प्रशिक्षण भन्दिनुस्। यस्तो किन भइरहेको छ भने, खास कुरा चुनाव हो। चुनाव किन हो भने हामीलाई सरकारमा जानुपर्ने छ। सरकारमा किन जानुपर्ने छ भने व्यक्तिको हिसाबले फाइदा हुन्छ। हाम्रो पार्टीबाट दश जना मन्त्री भयौँ र दशै जनाले कमाएर आउन थाल्यौँ भने पार्टीले के पाउँछ? मुलुकले के पाउँछ? जनताले के पाउँछ? केही पनि पाउँदैन। पाउने त व्यक्तिले हो। राजनीति विचारविहीन हुँदै जानु, पार्टीभित्र प्रशिक्षण नहुनु, प्रशिक्षणको वातावरण नहुनु ठूलो समस्या हो।

पहिले पहिलेका कमरेडहरुले राता किताबहरु साटेर पढ्थे भन्ने अनुभव सुन्न पाइन्छ। अहिलेका 'कमरेड'हरु गालिगलौजको भाषण साटासाट गरिरहेका र सामाजिक सञ्जालबाट फैलाइरहेका पाइन्छन्। तपाईंलाई आफ्नो विगत र अहिलेको प्रवृत्ति तुलना गर्दा दिक्दारी लाग्दैन?
यस्तो कुरा त हरेक पुस्ताले बेहोर्छ होला। म किशोर वा युवा छँदा जे बेहोरेँ। आज जे बेहोर्दैछु। यी परिवर्तनमा दिक्दारी मानेर त अर्थ छैन। तर हामीले जस्तै गुन्द्रीमा पलेटी कसेर, चार दिनसम्म बैठक बसेर, रातरातभर छलफल र प्रशिक्षण गर्ने तरिका आज सम्भव छैन। परिस्थिति बलदियो। हिजो हामी बस्ने घर पनि बदलियो। ठाउँ पनि बदलियो। कोठा बदलियो। गुन्द्री बदलियो। धेरै कुरा बदलियो। यो कुरालाई स्वभाविक रुपले लिनुपर्छ।

तर चिन्ताको कुरा के छ भने, हिजो पार्टीका हरेक कमरेड क्रान्तिका लागि समर्पित छ भन्ने कुराको 'ग्यारेन्टी' थियो। किनभने प्रशिक्षणले उसलाई तयार बनाउँथ्यो। ऊ कति प्रशिक्षित हो भन्ने कुराले ऊ क्रान्तिका लागि कति समर्पित हो भन्ने आफैं तय हुन्थ्यो। तर आज कतिको प्रतिबद्ध छ भनेर कोही कसैलाई बुझ्न सकिन्नँ। ठूलो नेता भइसक्यो, अध्यक्ष पनि भइसक्यो। तैपनि उसको प्रतिबद्धता देखिँदैन। व्यवहारमा देखिँदैन। तर प्रश्न उठाउन सकिँदैन। किनभने प्रश्न उठाउने वातावरण छैन। चिन्ताका कुरा अरु पनि छन्। यत्रा कम्युनिस्ट पार्टी छन्। कांग्रेस पनि छ। तर कांग्रेसले लोकतन्त्र, समाजवाद र राष्ट्रियताको कुरा गर्छ। तर राष्ट्रियता के हो भनेर कांग्रेसमा कहिल्यै छलफल भएको छ र? समाजवादकै कुरामा मैले पटकपटक भनेको छु, २०१२ सालमा बीपी लेख्नुभएको एक दुई प्याराग्राफ बाहेक केही छ? आजका पार्टीहरु हालत यस्तो छ।

अहिले विचारहीनता बढ्दै जाने र विचार मर्दै जाने परिस्थिति बनेको छ। तर सधैं यस्तो होला भन्ने मलाई लाग्दैन। यो विचारहीनता नांगो रुपमा देखिन थालेको छ। समाजले पचाउन छाड्न थालेको छ। तर समाजले बुझेको छैन, यो विचारहीनता हो कि के हो? समाजले नेता बिग्रेको, पार्टी बिग्रेको, तिनका वरिपरिका मान्छे बिग्रेको, सचिव बिग्रेको, मुख्य सचिव बिग्रेको, न्यायाधीश बिग्रेको, पुलिस बिग्रेको मात्रै देखिरहेको छ। देख्दा पनि त्यही देखिने हो। तर ती सबै किन बिग्रेका छन् त? देशैभरका मानिस किन बिग्रिरहेका छन् त? किनभने, अहिले राजनीतिभित्र खराब अभ्यास भइरहेका छन्। त्यसको प्रतिबिम्ब स्वरुप नै प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, पुलिस बिग्रेको देखिएको हो भनेर मान्छेले बुझेका छैनन्। तर बिग्रिरहेको छ भन्नेचाहिँ देखिरहेका छन्।

यसमाथि प्रतिक्रिया हुन्छ। मान्छेले प्रतिक्रिया गर्नेछन्। त्यो प्रतिक्रिया कतिको व्यवस्थित हुन्छ। कतिको रचनात्मक हुन्छ। कतिको निर्माणमुखी हुन्छ। त्योचाहिँ भन्न सकिँदैन। हाम्रो जस्तो भू-राजनीतिमा अनेक शक्तिले खेल्नेछन्। हामीलाई यता र उता पारिदिनेछन्। अस्ति भर्खर हामी यता र उता भएर आएका छौँ। त्यसैले हामी कसरी अगाडि जान्छौँ भन्न सकिँदैन। तर मलाईचाहिँ यसमाथि प्रतिक्रिया हुन्छ, पार्टीहरुभित्रै प्रतिक्रिया हुन्छ र मुलुकमा प्रतिक्रिया हुन्छ भन्ने लाग्छ।

हाम्रा पार्टीहरुको वैचारिक शून्यताले उनीहरुलाई विघटनतिर त लैजादैन?
यो कुरा त उठिरहकै छ। नेकपा एमालेभित्र मैले नै उठाइरहेको छु। 'एकजनाले उठाएर के हुन्छ र?' भन्नुभयो भने गलत हुन्छ। किनभने, मैले उठाइरहेको छु। तर मैले मात्र उठाइरहेको होइन। म त के देख्छु भने, नेकपा एमालेमा ७५ प्रतिशत मान्छेहरु वामपन्थी नै छन्। उनीहरु क्रान्ति नै चाहन्छन्। उनीहरु प्रगति नै चाहन्छन्। उनीहरु लोकतन्त्र नै चाहन्छन्। राम्रो होस् भन्ने नै चाहन्छन्। तर अहिले विभिन्न कारणले त्यो चाहना गुम्सेको छ। यहीँभित्र पनि हामीले सुधार गर्ने प्रयत्न गरिरहेका छौँ। सबै पार्टीभित्र सानोतिनो स्वरहरु छन्। हामीले सुधार गर्न सक्यौँ भने पार्टीहरु सुध्रेर जान्छन्। हामीले सुधार गर्नै सकेनौँ भने, आजको भोलि नै त नहोला तर या त अरु नै वामपन्थी, कम्युनिस्ट वा लोकतन्त्रवादी पार्टी निस्किन्छन्। या त हामीले बनाउँछौँ। योचाहिँ हामीमा भर पर्छ। हाम्रो क्षमतामा भर पर्छ। पार्टीहरुको क्षमतामा भर पर्छ। एमालेमा भर पर्छ। माओवादीमा भर पर्छ। कांग्रेसमा भर पर्छ। त्यहाँका मान्छेहरुमा भर पर्छ। त्यो कुरा हेर्न बाँकी छ।

यस श्रृंखलाका अन्य सामग्री 
राप्रपा बनाएका पञ्चहरूको कलह गणतन्त्रसम्मै, ‘वैकल्पिक दल’ दाबी गर्नेको पनि उस्तै हाल 
कांग्रेसमा गुट होइन गिरोह भए, सभापतिलाई ‘तानाशाह’ बन्ने आकांक्षा 
कम्युनिस्ट पार्टी मृत, नेता जीवन्त! 
कलहको दलदलमा दलहरू

किचलो र विभाजनको अनन्त शृंखलामा मधेस केन्द्रित दल

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्