सुरुङ्गा- पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा झापा गाउँपालिका–४ निवासी ३० वर्षीय नवीन मियाँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। मे१त ५१०९ नंको ट्र्याक्टरलाई सडक पार गर्ने क्रममा पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ७८६४ नंको बसले ठक्कर दिँदा ट्र्याक्टर चालक मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
बसमा सवार अन्य दुई जना घाइते भएकामा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको बताइएको छ।
यस्तै दाङमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ। अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना भएको हो। घटनामा ५ जना घाइते भएका छन्।
घाइतेमध्ये घोराहीकी टीका खनाललाई उपचारका लागि नेपालगञ्ज सिफारिस गरी पठाइएकोे छ भने पवित्रा भुसालको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।