काठमाडौं- युवा स्वरोजगार बनाउने कार्यक्रम अन्तर्गतको यूवा स्वरोजगार कोषको रकम दुरुपयोग भएको पाइएको छ।महालेखा परीक्षकको कार्यालयले २४ लक्षित समूहमा नपर्ने ठूला व्यवसायीलाई ऋण दिएको भेटाएको छ।
दुई सुन पसललाई कार्यविधिले तोकेको प्रक्रिया नपुर्याई ऋण दिएको पाइएको छ भने २४ लक्षित समूहमा नपर्ने ठूला व्यवसायीलाई ऋण दिइएको छ।
मापदण्ड नपुगेका ५ सहकारी संस्थालाई लगानी गरेको र तोकिएको मितिमा ऋण फिर्ता नगर्ने १ हजार १७७ सहकारी संस्थालाई तोकिएबमोजिम कारबाही समेत नगरेको पाइएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
महालेखाले अनुगमन गर्दा पर्याप्त संख्यामा ऋणीको अनुगमन नगरेका कारण कतिपयले तोकिएको व्यवसायमा लगानी नगरेको, एउटै व्यक्तिलाई दोहोरो ऋण दिएको, कास्की, लमजुङ्ग, तनहुँ र बाग्लुङमा १६ सहकारी संस्थाको ५२९ ऋणीको स्थिति अध्ययन गर्दा १२६ ऋणीले व्यावसायिक निरन्तरता नदिएको पाइएको छ।
महालेखाले ७ प्रदेशका २० जिल्लामा प्रथम किस्ता लगानी भएका ८८, दोस्रो किस्ता लगानी भएका ११२ र कर्जा माग गरी प्रस्ताव पेस भएका २९१ गरी कूल ४९१ सहकारी संस्थाहरूको स्थलगत अनुगमन गरेको जनाएको छ।
अनुगमन भएकामध्ये लगानी पश्चात्का २०० वटा (१०.१६ प्रतिशत) मात्र रहेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।