काठमाडौं– सरकारी स्वामित्वमा रहेका तीन सार्वजनिक संस्थानले ३ देखि ९ वर्षसम्म पनि लेखापरीक्षण नराएको पाइएको छ।
विशाल बजार कम्पनी लिमिटेड, राष्ट्रिय बीमा संस्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लामो समयसम्म लेखापरीक्षण नगराउने संस्थाको रुपमा रहेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ वर्ष, विशाल बजार कम्पनी लिमिटेडले ५ वर्ष र राष्ट्रिय बीमा संस्थानले ९ वर्षदेखि लेखापरीक्षण नगराएको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक वर्ष २०७७/७८ सम्म २६ संस्थाले लेखापरीक्षण गराएका छैनन्। १६ संस्थानले मात्रै तोकिएको समयमा लेखापरीक्षण गराएका छन्। यसैगरी, ३ वर्षको सञ्चालन अवस्था हेर्दा ४ क्षेत्रका १५ संस्थान निरन्तर घाटामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।