सिओल- कोरियामा हुन लागेको प्रवासी नेपाली मञ्च (ओएनएफ) को अधिवेशनका लागि अध्यक्षमा २ जनाले उम्मेदवारी दिएका छन्।
अक्टोबर ८ अर्थात् आइतबार हुन लागेको अधिवेशनका लागि मञ्चका पूर्वकोषाध्यक्ष पर्शुराम सापकोटा र वर्तमान कार्यसमिति सदस्य श्रमदीप चौलागाईंले अध्यक्षमा उम्मेदवारी दिएका हुन्।
एमालेको भ्रातृ संगठन अर्थात् प्रवास संगठनको रुपमा काम गर्दै आएको मञ्चको अधिवेशन उद्घाटनका लागि एमालेकी पोलिटब्युरो सदस्य तथा प्रवास विभाग इञ्चार्ज विन्दा पाण्डे कोरिया आइसकेकी मञ्चकी कार्यबाहक अध्यक्ष मीना थापा मगरले जानकारी दिएकी छन्।
विभिन्न देशमा छरिएर रहेका एमालेका कार्यकर्ताहरुलाई संगठित एवं क्रियाशिल बनाउने उद्देश्यले सन् १९९६ मा मञ्च स्थापना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।