जन्मे उनी तनहुँको रम्घामा
भानुभक्त आचार्य।
शिक्षादीक्षा प्रदान गर्थे
बाजे श्रीकृष्ण आचार्य।
घाँसीबाट पाए प्रेरणा
आदिकवि बन्न उनले।
कीर्ति केही नराखे
जीवन, सफल हुन्न धनले।
सोचे केही गर्नलाई
कमाउन जीवनमा नाम।
नेपालीमा लेखी रामायण
चिनाए सर्वत्र राम।
अमरावती कान्तिपुरी नगरीको
गरे वर्णन।
नेपाली साहित्यलाई जीवन आफ्नो
गरे अर्पण।
पहल गरेर साहित्यमा,
पस्के थुप्रै कृति पनि।
छोडेर गए संसार
प्रख्यात भई आदिकवि भनी।
चिन्छौं सारा नेपालीले
आदिकवि भानुभक्त भनी।
मनाउछौँ असार उनन्तीसमा
भानुको जयन्ती।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।