• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पद्मसुन्दर जोशीको 'हिति प्रणाली' विमोचित

64x64
नेपाल लाइभ बिहीबार, असार २३, २०७९  १५:५६
1140x725

काठमाडौं- पब्लिकेसन नेपालयले प्राचीन हिति प्रणालीमाथि लेखिएको पद्म सुन्दर जोशीको वृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित गरेको छ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि,योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताका बिच‌ 'हिति प्रणाली'  पुस्तकको लोकार्पण गरिएको हो।

कार्यक्रममा लेखक पद्मसुन्दर जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिल बाबु श्रेष्ठलाई पुस्तक हस्तान्तरण गरेका थिए। 

आधा शताब्दी अघिसम्म पनि नेपाल भनेर चिनिने काठमाडौं उपत्यका हालको जनसंख्या बिस्फोट हुनु अघिसम्म बास्तुकला र संस्कृतिको विश्वस्तरको जिउँदो नमुना थियो। े

केही दशकयता खासगरी विसं २००७ सालको खुलापनपछि र अझ २०४६को परिवर्तनपछि योजनाबिहीन र अनियन्त्रित आप्रवासनसँगै यहाँका कलाकौशल र सम्पदाहरु उपेक्षामा परेक छन्।

फलस्वरुप, तिनको यथोचित प्रर्बद्धन् त परै जाओस्, भएका सम्पदा पनि लोपोन्मुख अवस्थामा छन्।

यसैक्रममा भत्किएको एउटा सुन्दर र कौशलपूर्ण सम्पदा हो हिति प्रणाली। हिति प्रणाली काठमाडौं उपत्यकाको एउटा अद्वितीय र सम्पन्न जल व्यवस्थापन प्रणाली हो। यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल (झण्डै १७०० वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ।

नेपाल भाषामा 'यि' को सम्बन्ध येंचु अर्थात् सफा हुन्छ भने भोट-बर्मेली भाषामा 'ति' वा 'डि' को अर्थ पानी हुने र यसरी यितिको अर्थ सफा पानी भन्ने बुझिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

उपत्यका वरीपरीका पहाडका भिरालो पाखाबाट तल झरेका किरातहरुसंग पानीको स्रोतको रुपमा मूल फुटेर बग्ने पानी सम्बन्धि ज्ञान थियो भने दक्षिणतिरबाट उपत्यका पसेका लिच्छवीहरुसित भूमिगत जल र ईनारको। हिति प्रणाली यी दुबै ज्ञानको सम्मिश्रणको उत्कृष्ट परिणामको रुपमा लिन सकिन्छ। मल्लकालका हितिहरुको कलात्मकता र प्राविधिक विशिष्टताले यस कालमा यी हितिहरु अरु परिष्कृत र व्यापक बनेको देखिन्छ। 

पानीको प्रमुख स्रोतको रुपमा प्रयोग गरिने हिति अर्थात ढुंगेधाराहरु आज लगभग नष्ट हुने अवस्थामा पुगेका छन् । हुन त अझै पनि केही हितिहरु परिचालन मै छन्, तर धेरैजसो हितिप्रणालीका अवयवहरु नष्ट भइसकेका छन्। त्यसैले भएका हितिहरुको प्रबर्धन गर्नु र बिग्रन लागेकाहरुको संरक्षण गर्न ढीलै भइसकेकोछ।

यसै कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले उपलव्ध सूचना र ज्ञानको संकलन गरी हिति प्रणालीको उद्गम, यसको प्राविधिक पक्ष, व्यवस्थापनका स्थापित पद्धत्तीहरु र हाल आएर हिति प्रणाली माथि भइरहेका व्यभिचारहरु र पुनर्निमाणका सम्भावनाहरुलाई समेटेर यो पुस्तक तयार पारिएको छ।

No description available.

पुस्तकका लेखक जोशी भन्छन् - 'आजको समयमा दिगो सहरी खानेपानी योजनाहरू डिजाइन गर्दा, हामी बीस वर्षको योजना बनाउँछौं; यदि धेरै महत्वाकांक्षी योजना छ भने तीस-वर्षे पनि होला ! आधुनिक जलविज्ञान र इन्जिनियरिङले त्यो भन्दा बढी कल्पना गर्न सक्दैन तर हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो, किनभने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ। हिति प्रणाली, भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहरण हो।'

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु‌‌ महर्जनले हिति सम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुसी आफू हुने बताए। 'मेरो अघिल्लो कार्यकालमा पाटनका हितिहरुबाट पानी झारेर देखाउने धोको थियो, त्यो पुरा हुन पाएन तर अझै पनि प्रयास जारी छ। यसपालि भने लगनखेलको सप्तपाताल पोखरीको जमीन नगर स्वामित्वमा ल्याउन सफल भएको र टिकाभैरव राजकुलो ब्युँताउने अभियान समेत उल्लेख्य रुपमा अघि बढेको छ।‘  

मेयर महर्जनले आफूहरू केटाकेटी छँदा यिनै पोखरीमा फुलेका कमलका पातमा भोज खाएको स्मरण गर्दै र तिनै पोखरीमा फेरी कमल फुलाउने आफ्नो इच्छा रहेको बताए। उनले पुस्तकको प्रकाशनका लागि नेपालय पब्लिकेशनलाई साधुवाद समेत दिए। 

काठमाडौँ सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी दिगो सहरी विकासका योजनाकार हुन्। उपत्यकाको पूर्वाधार विकासका साथै मूर्त तथा अमूर्त सम्पदाहरूको जगेर्नामा सक्रिय उनी पेसाले इन्जिनियर हुन्। लामो समय त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापनसमेत गरेका उनले काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगको सदस्य–सचिव रही सहरी पूर्वाधार सुधार आयोजना तथा काठमाडौँ उपत्यका म्यापिङ कार्यक्रमको नेतृत्व गरेका थिए। नेपालीमा यो उनको पहिलो पुस्तक हो।

'हिति प्रणाली' को मूल्य नेपाली बजारका लागि १४९५ रुपियाँ रहेको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ। 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन
सम्बन्धित सामग्री
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एर... शुक्रबार, साउन २२, २०८३
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहर... शुक्रबार, साउन १५, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्