काठमाडौं– नेपालका पहिलो क्रिकेट स्कोरर ऋद्धिभक्त पन्तको ७१ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ। नेपाली क्रिकेटमा बाबे दाईको उपनामले चिनिने पन्त लामो समयदेखि बिरामी थिए। उनको विहान हिमाल नर्सिङ होममा निमोनियाका कारण निधन भएको परिवारका सदस्यले नेपाल लाइभलाई जानकारी दिए।
पन्त गैरिधारा क्रिकेट क्लबबाट नेपाली क्रिकेटमा सक्रिय थिए। गैरिधारा क्लबका पूर्व अलराउन्डर पन्तले क्रिकेटबाट सन्यास लिएपछि अम्पायरिङको भूमिका निर्वाह गरेका थिए। पछि उनी स्कोररको भूमिकामा सक्रिय भए।
उनको एक छोरा र छोरी छन्। छोरा राजीव पन्तले पनि बाग्मतीबाट राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।