फाइल तस्बिर।
काठमाडौं– आज सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। बैठकका लागि सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
त्यसपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका केहह्यी विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्।
राष्ट्रिय सभामा उत्पत्ति भएका तीन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची छ। यस्तो छ सम्भावित कार्यसूची :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।