काठमाडौं–नेकपा (माओवादी केन्द्र)ले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ। आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' ले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएका हुन्।
जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन्।
केन्द्रीय सदस्यमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणी पोखरेल, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मातृकाप्रसाद यादवलगायत छन्। चार केन्द्रीय सदस्य खाली राखिएको छ।
यस्तै, स्थायी पदेनमा ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं, अनुशासन आयोगको अध्यक्षमा टंक राई र लेखा आयोग प्रमुखमा पेशलकुमार खतिवडा चयन गरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।