काठमाडौं– नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग भेटवार्ता गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग गौतमले भेट गरेका हुन्।
भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पनि सहभागिता रहेको थियो। उक्त भेटमा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचनको समीक्षा, वाम तथा समाजवादी आन्दोलन र नेपाली कांग्रेससँगको गठबन्धनका विषयमा छफल भएको थियो।
नेताहरुले नेतृत्व तहको भेटघाट र छलफललाई निरन्तरता दिने सहमति गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।