काठमाडौं– नेकपा एमालेले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारी लगायतको काम गर्ने निर्णय गरेको छ।
यसका लागि एमालेले जिम्मेवारी पनि तोकेको छ। एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पण्डे, बागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकिएको छ।
उनीहरूलाई आगामी निर्वाचनको तयारी, जनप्रतिनिधिको काममा सहजीकरण, महंगी नियन्त्रणमा सरकारलाई दबाब दिने, विपद्मा पार्टीको स्वयंसेवी संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिने निर्णय गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै विभिन्न रिक्त केही विभागहरूमा पनि सचिव तोकेको छ।
सचिवालयले वित्त तथा कोष विभागको सचिवमा डा भीष्म अधिकारी, संगठन विभागको सचिवमा सम्झना देवकोटा, उपभोक्ता संरक्षण हितमा मोहनी खनाल, श्रम तथा रोजगारमा जनक चौधरी, संगठन विभागमा सूर्य पाठक, सामाजिक सेवा विभागमा डा नेत्रप्रसाद तिमिल्सना र स्वास्थ्यमा राजेश थापा रहेका छन्।
त्यस्तै स्थानीयमा हर्क राई, प्रचार तथा प्रकाशनमा गगन विष्ट, परराष्ट्रमा अञ्जान शाक्य, संघीय मामिला तथा सामान्यमा शिव गुरुङ, ऊर्जामा पुष्पज्योती ढुंगाना, अर्थमा योगेन्द्र शाही र कानुनमा डिल्लीराम मैनालीलाई चयन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।