काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सकिएको छ। शनिबारदेखि पार्टी कार्यालय बबरमहलमा जारी बैठक आइतबार सकिएको हो।
बैठकले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान २०७८ संशोधनसहित पारित गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, आकाशिएको महंगीप्रति पनि सरकार निरिह र उदासीन देखिएको लोसपाको ठहर छ। यसै सन्दर्भमा जेठ २४ गते प्रधानमन्त्री समक्ष ज्ञापनपत्र प्रस्तुत गरेको तर हालसम्म त्यसमा कुनै कार्यवाही नभएकोले उपरोक्त सबै विषयमा सरकारलाई ध्यानाकर्षण गराउन असार २७ गते जिल्ला जिल्लामा प्रजिअमार्फत् प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरिएको छ।
सरकारसँग बाढी पहिरोको समुचित व्यवस्थापनको साथै मंहगी नियन्त्रणको लागि आवश्यक कदम चाल्न र किसानलाई मलखाद अविलम्ब उपलब्ध गराउन माग गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।