काठमाडौं– नेकपा एमालेका १३ केन्द्रीय विभागका सचिव मनोनित गरिएको छ। आइतबार बसेको सचिवालय बैठकले वित्त तथा आर्थिक विभागमा डा भीष्म अधिकारी, संगठन विभागमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षण विभागमा मोहिनी खनाल र श्रम तथा रोजगार विभागमा जनक चौधरीलाई मनोनित गरेको छ।
यसैगरी संसदीय विभागमा डा सूर्य पाठक, सामाजिक सेवा विभागमा डा नेत्रप्रसाद तिमिल्सिना र संस्कृति विभागमा राजेश थापा चयन भएका छन्।
स्थानीय तह विभाग सचिवमा हर्क राई, प्रचार तथा प्रकाशन विभागको सचिवमा गगन विष्ट र परराष्ट्र विभागको सचिवमा डा अन्जान शाक्यलाई मनाेनित गरिएकाे छ।
यस्तै, संघीय मामिला विभागमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्प ज्योति ढुंगाना र कानून विभागमा डिल्लीराम मैनालीलाई सचिव बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।