काठमाडौं– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले वामदेव गौतम नेतृत्वको पार्टीले राजनीतिक शक्ति सन्तुलनमा प्रभाव पार्ला भन्ने विश्वास नभएको बताएका छन्।
‘वामदेव गौतमको पार्टीले ठूलो प्रभाव पार्ला, त्यसले गति लेला, त्यसले राजनीतिक शक्ति सन्तुलनमा प्रभाव पार्ला भन्ने विश्वास छैन। त्यसकारण त्यसबारे चर्चा नै भएन’, आइतबार बसेको एमाले सचिवालय बैठकका निर्णयबारे पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने।
एमालेका तत्कालीन उपाध्यक्ष गौतमले पार्टी परित्याग गरेर एकता अभियान सञ्चालन गरेका थिए। गत असार १४ गते उनले अन्य पार्टीलाई पनि मिलाएर पार्टी घोषणा गरेका थिए। तर, हप्ता नहुँदै सो पार्टीमा कारबाही र निष्काशनको शृंखला सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।