• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डको प्रतिवेदनः कांग्रेसको दोहोरो भूमिका, एकीकृत समाजवादीको हैसियतभन्दा बढी दाबी

64x64
नेपाल लाइभ आइतबार, असार १९, २०७९  १७:०६
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रले स्थानीय तहमा अपेक्षित नतिजा हासिल नहुनुमा आफ्ना ८ कमजोरी रहेको आत्मसमीक्षा गरेको छ भने गठबन्धनका दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले पनि असहयोग गरेको बताएको छ।

आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यजक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिवेदन पेस गर्दै ‘गठबन्धनको समीक्षा र शिक्षा’ यस्तो उल्लेख गरेका छन्। 

उनले भनेका छन्, ‘सरकारमा सहभागी दलहरुबीचको चुनावी गठबन्धन बारे नेतृत्व तहमा जुन स्तरको समझदारी र आवश्यकताको महशुस थियो, त्यही स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन।’

उनले नेपाली कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको आरोपसमेत लगाएका छन्। ‘रोल्पा,  रुकुम,  सल्यान,  कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्ला र ती बाहेकका पनि हाम्रो पार्टीको बलियो उपस्थिति रहेका कयौं स्थानीय तहमा हामीविरुद्ध एमाले र अन्य दलहरुसँग गठबन्धन गरी हामीलाई पराजित गर्ने वा कमजोर पार्ने घटनाहरु व्यापक रुपमा देखिए’, प्रतिवेदनमा भनिएको छ।

नेपाली कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने गरेको पनि आरोप प्रतिवेदनमा छ।

‘कतिपय स्थानमा कांग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ। कांग्रेसले गठबन्धनका  उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवारलाई लक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्यधिक मत बदर भएको पाइयो,’ प्रतिवेदनमा उल्लेख छ, ‘यसैगरी गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँटमा ठाउँ–ठाउँमा केही समस्या देखियो। जसको परिणाम केही स्थानहरुमा गठबन्धन नै पराजित बन्न पुग्यो।’

जनता समाजवादी पार्टी आफ्नो आधार बलियो भएका तराई–मधेसका स्थानमा गठबन्धनका लागि अनिच्छुक देखिएको पनि प्रतिवेदनमा भनिएको छ। आफ्नो पार्टी भने मूल रुपमा गठबन्धनप्रति इमान्दार देखिएको बताइएको छ। 

पार्टीकै ८ कमजोरी 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिवेदनमा आफ्नो पार्टीको कमजोरी पनि औंल्याइएको छ। त्यसमा पहिलो पहिलो–पार्टी पंक्तिमा गठबन्धनप्रति आवश्यकताभन्दा बढी विश्वास गर्दा आफ्नो तयारीमा फितलो देखिनु रहेको छ।

दोस्रो–गठबन्धन हुँदा उम्मेदवारका आकांक्षी बढी देखिने तर एक्लै प्रतिपर्धा गर्दा अरुचि देखाउने प्रवृत्ति रहेको उल्लेख छ। यस्तै तेस्रो कमजोरीमा कांग्रेसलगायतका गठबन्धनका सहयात्रीहरुमा बढी भर पर्नु, चौथो–प्रमुख र उपप्रमुखमा गठबन्भन हुनु तर वडा तहमा एकल प्रतिष्पर्धा गर्नुपर्दा चुनाव प्रचार र एकीकृत परिचालनमा तालमेल मिलाउन नसक्नु, पाँचौं–तालमेल गर्दा व्यक्ति केन्द्रित वा निश्चित पालिका केन्द्रित तालमेलको प्रयत्न गर्नु,  छैटौं–लोकप्रियलाई भन्दा आफूनिकटलाई उम्मेदवार बनाउँन जोड गर्नु  र आफू वा आफूनिकटकाल नपाउँदा हराउन उद्धत हुनु रहेका छन्।

सातौं–पैसा खर्च गरेर मतदाता किन्नेजस्ता प्रतिस्पर्धी दलहरुका विकृतिका रुपमा देखा परेको प्रवृत्तिलाई रोक्न नसक्नु र आठौंमा कतिपय स्थानमा पार्टीभित्रको गुटबन्दी, असहयोग एवं अन्तर्घातसम्मका गम्भीर कमजोरी र घटनाहरु देखा परेको प्रतिवेदनमा उल्लेख छ। 

गुटबन्दी, असहयोग र अन्तर्घात जस्ता पार्टी विरोधी गतिविधिहरुको गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने प्रचण्डले औंल्याएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शिक्षा र रणनीति

यसबाट शिक्षा लिएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने बताइएको छ। ‘आगामी दिनमा पहिलो–आफनो शक्ति र संगठनमा भर परेर निर्वाचनको तयारी गर्ने, दोस्रो–गठबन्धन हुँदा वा नहुँदा पनि उम्मेदवार बन्न तयार हुने, तेस्रो–निर्वाचनमा सहभागी हुनलाई पार्टीको सिद्धान्त, राजनीति र नीतिको प्रचार गर्ने एवं संगठन विस्तारका रुपमा लिने गर्नुपर्छ’, प्रतिवेदनमा उल्लेख छ।

यसैगरी चौथो–गुट, उपगुट वा निकटताको आधारमा नभई लोकप्रिय उम्मेदवारमा ध्यान दिने,  पाचौं–उम्मेदवारको टुंगो लाग्नुअघि प्रतिस्पर्धा गर्न वा आकांक्षा राख्नु स्वभाविक भए पनि पार्टीले उम्मेदवारको टुंगो लगाएपछि पूरा शक्तिका साथ एकढिक्का भएर विजयी गराउन जोड लगाउने भनिएको छ। 

छैटौंमा प्रतिस्पर्धी दलका भ्रम, षड्यन्त्र, चलखेल, पैसाले मत खरिद गर्नेजस्ता विकृतिलाई रोक्न आफनो पंक्तिलाई तयार पार्नेजस्ता शिक्षा यस निर्वाचनले दिएको उल्लेख छ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्