काठमाडौं–पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अब अमेजनमार्फत् विश्वका १२ देशमा उपलब्ध भएको छ। पुस्तक हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको हो।
अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका,बेलायत, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ।
पुस्तकको हार्डकभर र पेपरब्याक दुवै निःशुल्क होम डेलिभरिको व्यवस्था रहेको छ। पुस्तक गुगल बुक्समार्फत् विश्वका ६६ देशमा ईबुकमा समेत उपलब्ध रहेको छ। नेपालमा काठमाडौंमा रहेको मण्डला बुक प्वाइन्टमा उपलब्ध छ भने किताब यात्रामार्फत् होम डेलिभरीको समेत व्यवस्था रहेको छ।
भावनाहरु सर्वव्यापी हुन्छन् तर अनुवाद गर्न नसकिने हुन्छन् भन्ने ट्यागलाइनसहितको यो पुस्तक ३ सय पेजको रहेको छ। पुस्तक केही समयअघि सार्वजनिक भएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।