काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एसपीपीमार्फत नेपालाई आईपीएसको अंग बनाउने प्रयास असफल पारेको दाबी गरेका छन्।
आइतबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रतिवेदन पेस गर्दै प्रचण्डले भनेका छन्, ‘एउटा विशिष्ट परिस्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको बाध्यतापछि एसपीपी सम्झौतामार्फत् नेपाललाई आईपीएसको अंग बनाउने प्रयास हाम्रो विशेष पहलसमेतका कारण असफल पारिएको छ।’
उनले एसपीपी सम्झौता सम्बन्धी पार्टीको पहलका कारण देशभित्र र बाहिर सकारात्मक सन्देश प्रवाह भएको पनि बताएका छन्।
अमेरिकाको तर्फबाट प्रस्तुत एसपीपीसँग सम्बन्धित सम्झौताको मस्यौदाको तीव्र विरोध भएपछि मन्त्रिपरिषद्को बैठकले अमेरिकालाई चिठी लेखेर एपपीपीमा आबद्ध नहुने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।