• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नाम नेकपा राष्ट्रिय एकता अभियान, काम दैनिक कारबाही र निष्कासन

64x64
नेपाल लाइभ आइतबार, असार १९, २०७९  १४:०३
1140x725

काठमाडौं- वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले हप्ता दिन नपुग्दै विभाजनको सुरुआत गरेको छ। गत असार १४ गते पत्रकार सम्मेलन गरेर सो पार्टी गठन भएको सार्वजनिक भएको थियो।

त्यसअघि असार ११ मा नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो भेलामा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र आम नेपाली पार्टीसमेत सहभागी थिए। पार्टी सोही दिन जन्मिएको गौतमले १४ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सो पार्टीको सबैभन्दा महत्त्वपूर्ण र मुख्य कार्यभार विघटन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फेरि पुनर्गठन गर्नु भएको बताइएको थियो। तर तत्कालै एकता हुन नसकेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच कार्यगत एकतामा आउने वातावरण सिर्जना गर्ने भनिएको छ।

तर, शनिबार मात्रै अभियानका केही नेताहरुको बैठक बसेर संयोजक गौतमलाई नै पदमुक्त गरेका छन्। राष्ट्रिय एकता अभियानमा जोडिएका चार दलको बैठकले गौतमलाई निष्कासन गरेका हुन्। समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र आम नेपाली पार्टीले गौतमलाई पाँच बुँदे आरोप पनि लगाएका छन्।

गौतमलाई सांगठनिक अराजकता, निरंकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको, अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको, नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको र सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिस्ट एकतामा जोड्ने योजनाबमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड वामदेव गौतमले सो निर्धारित उद्धेश्यविपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको जस्ता आरोप लगाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

गौतमलाई निष्कासन गरी उनीहरुले युवराज सफललाई संयोजक बनाएका छन्। र, उनकै नेतृत्वमा एकता अभियानको ११ सदस्यीय केन्द्रीय घोषणा गरिएको छ। जसमा, सफल, कृष्ण गोपाल बञ्झारा, मिननाथ देवकोटा, निलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर बञ्झरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने छन्।

असार १४ गते भने पार्टी (एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीको ढाँचा समन्वय समितिको रुपमा रहने)को केन्द्रीय सचिवालयमा वामदेव गौतम, डीबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहने घोषणा गरिएको थियो।

गौतमलाई निष्कासन गर्ने शनिबारको बैठकको निर्णयमा आम नेपाली पार्टीका निलकण्ठ पौडेल, नेकपा राष्ट्रवादीका अध्यक्ष मिननाथ देवकोटा, आधुनिक नेपाल समाजवादी पार्टीका कृष्ण गोपाल बञ्झरा र समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले हस्ताक्षर गरेका छन्।

तर सफलले भने राष्ट्रिय एकता अभियानबाट शुक्रबार नै राजीनामा दिएको खुलेको छ। १६ गते लेखेको उनको राजीनामा पत्रमा भनिएको छ- असार १४ गतेको पत्रकार सम्मेलनमा ८ सदस्यीय सचिवालय घोषणा भएको तर सो सचिवालयमा एकता प्रक्रियामा आएका आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी, आम नेपाली पार्टीका प्रमुखहरुलाई सामेल नगराइएको कारण गठित सचिवालय असमावेशी भएकोले नैतिकताको आधारमा आजैको मितिदेखि नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय सचिवालयको पदबाट राजीनामा दिएको घोषणा गर्दछु।

सफलले गौतमसँग चार बुँदे माग पनि राखेका छन्। जसमा उनले अभियानको केन्द्रीय समिति घोषणा गर्दा वरियतालाई ख्याल नगरी केन्द्रीय समिति घोषणा गरिएकोले सो सच्याई वरियता निर्धारण गरी केन्द्रीय समिति लिस्ट सार्वजनिक गर्न पर्ने, अन्य राजनीतिक पार्टी तथा समूहरु एकता प्रक्रिया सामेल हुन चाहेकोले सो पार्टी तथा समूहहरुलाई एकता प्रक्रियामा ल्याउन पर्ने लगायतका विषय छन्।

राष्ट्रिय एकता अभियानका प्रचार प्रमुख निमकान्त पौडेलले भने आफूहरुले सफल सहित अन्य सबैलाई पार्टीबाटै निष्कासन गरिसकेको बताए। 'सफलले १६ गते राजीनामा दिनुभएको थियो। १७ गते हाम्रो बैठक बसेर उहाँलाई सचिवालय सदस्यबाट निष्कासन गरेका थियौँ। तर, १८ गते फेरि अनधिकृत बैठक राखेर  सचिवालय गठन गर्ने जस्तो उद्दण्डता गर्नुभयो। हिजो उहाँहरुको निर्णय सार्वजनिक हुने बित्तिकै हाम्रो बैठक बसेर उहाँलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेका छौँ', उनले नेपाल लाइभसँग कुरा गर्दै भने।

आफूहरुको बैठकले सफल नेतृत्वको बैठकको निर्णयमा हस्ताक्षर गर्ने अन्य सबैलाई पनि निष्कासन गरेको पाण्डेले बताए। सफल बाहेक अन्यले आत्मालोचना गरेर विज्ञप्ति जारी गरे कारबाहीमा पुनर्विचार हुन सक्ने उनको भनाइ छ। 'तर, सफलको हकमा भने कुनै पुनर्विचार हुँदैन', उनले भने।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्