• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नाम नेकपा राष्ट्रिय एकता अभियान, काम दैनिक कारबाही र निष्कासन

64x64
नेपाल लाइभ आइतबार, असार १९, २०७९  १४:०३
1140x725

काठमाडौं- वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले हप्ता दिन नपुग्दै विभाजनको सुरुआत गरेको छ। गत असार १४ गते पत्रकार सम्मेलन गरेर सो पार्टी गठन भएको सार्वजनिक भएको थियो।

त्यसअघि असार ११ मा नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो भेलामा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र आम नेपाली पार्टीसमेत सहभागी थिए। पार्टी सोही दिन जन्मिएको गौतमले १४ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सो पार्टीको सबैभन्दा महत्त्वपूर्ण र मुख्य कार्यभार विघटन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फेरि पुनर्गठन गर्नु भएको बताइएको थियो। तर तत्कालै एकता हुन नसकेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच कार्यगत एकतामा आउने वातावरण सिर्जना गर्ने भनिएको छ।

तर, शनिबार मात्रै अभियानका केही नेताहरुको बैठक बसेर संयोजक गौतमलाई नै पदमुक्त गरेका छन्। राष्ट्रिय एकता अभियानमा जोडिएका चार दलको बैठकले गौतमलाई निष्कासन गरेका हुन्। समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र आम नेपाली पार्टीले गौतमलाई पाँच बुँदे आरोप पनि लगाएका छन्।

गौतमलाई सांगठनिक अराजकता, निरंकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको, अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको, नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको र सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिस्ट एकतामा जोड्ने योजनाबमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड वामदेव गौतमले सो निर्धारित उद्धेश्यविपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको जस्ता आरोप लगाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

गौतमलाई निष्कासन गरी उनीहरुले युवराज सफललाई संयोजक बनाएका छन्। र, उनकै नेतृत्वमा एकता अभियानको ११ सदस्यीय केन्द्रीय घोषणा गरिएको छ। जसमा, सफल, कृष्ण गोपाल बञ्झारा, मिननाथ देवकोटा, निलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर बञ्झरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने छन्।

असार १४ गते भने पार्टी (एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीको ढाँचा समन्वय समितिको रुपमा रहने)को केन्द्रीय सचिवालयमा वामदेव गौतम, डीबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहने घोषणा गरिएको थियो।

गौतमलाई निष्कासन गर्ने शनिबारको बैठकको निर्णयमा आम नेपाली पार्टीका निलकण्ठ पौडेल, नेकपा राष्ट्रवादीका अध्यक्ष मिननाथ देवकोटा, आधुनिक नेपाल समाजवादी पार्टीका कृष्ण गोपाल बञ्झरा र समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले हस्ताक्षर गरेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर सफलले भने राष्ट्रिय एकता अभियानबाट शुक्रबार नै राजीनामा दिएको खुलेको छ। १६ गते लेखेको उनको राजीनामा पत्रमा भनिएको छ- असार १४ गतेको पत्रकार सम्मेलनमा ८ सदस्यीय सचिवालय घोषणा भएको तर सो सचिवालयमा एकता प्रक्रियामा आएका आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी, आम नेपाली पार्टीका प्रमुखहरुलाई सामेल नगराइएको कारण गठित सचिवालय असमावेशी भएकोले नैतिकताको आधारमा आजैको मितिदेखि नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय सचिवालयको पदबाट राजीनामा दिएको घोषणा गर्दछु।

सफलले गौतमसँग चार बुँदे माग पनि राखेका छन्। जसमा उनले अभियानको केन्द्रीय समिति घोषणा गर्दा वरियतालाई ख्याल नगरी केन्द्रीय समिति घोषणा गरिएकोले सो सच्याई वरियता निर्धारण गरी केन्द्रीय समिति लिस्ट सार्वजनिक गर्न पर्ने, अन्य राजनीतिक पार्टी तथा समूहरु एकता प्रक्रिया सामेल हुन चाहेकोले सो पार्टी तथा समूहहरुलाई एकता प्रक्रियामा ल्याउन पर्ने लगायतका विषय छन्।

राष्ट्रिय एकता अभियानका प्रचार प्रमुख निमकान्त पौडेलले भने आफूहरुले सफल सहित अन्य सबैलाई पार्टीबाटै निष्कासन गरिसकेको बताए। 'सफलले १६ गते राजीनामा दिनुभएको थियो। १७ गते हाम्रो बैठक बसेर उहाँलाई सचिवालय सदस्यबाट निष्कासन गरेका थियौँ। तर, १८ गते फेरि अनधिकृत बैठक राखेर  सचिवालय गठन गर्ने जस्तो उद्दण्डता गर्नुभयो। हिजो उहाँहरुको निर्णय सार्वजनिक हुने बित्तिकै हाम्रो बैठक बसेर उहाँलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेका छौँ', उनले नेपाल लाइभसँग कुरा गर्दै भने।

आफूहरुको बैठकले सफल नेतृत्वको बैठकको निर्णयमा हस्ताक्षर गर्ने अन्य सबैलाई पनि निष्कासन गरेको पाण्डेले बताए। सफल बाहेक अन्यले आत्मालोचना गरेर विज्ञप्ति जारी गरे कारबाहीमा पुनर्विचार हुन सक्ने उनको भनाइ छ। 'तर, सफलको हकमा भने कुनै पुनर्विचार हुँदैन', उनले भने।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्