पाँचथर- जिल्ला अदालतले कैद तथा जरिवाना सजाय तोकेर फरार भएका तीन दोषीलाई पक्राउ गरी जिल्ला कारागारमा कारागार चलान गरिएको छ।
पक्राउ पर्नेमा चोरी मुद्दाअन्तर्गत एक महिना १३ दिन कैद र रु ४६ हजार ४४० जरिवाना तोकिएका नागिन गाउँपालिका–७ का किरण थाम्सुहाङ, आगो लगाएको मुद्दाअन्तर्गत ४ वर्ष कैद सजाय तोकिएका फिदिम –६ का विष्णुकुमार भट्टराई र सवारी ज्यान मुद्दाअन्तर्गत ५ दिन कैद र रु २ हजार जरिवाना तोकिएका हेमप्रसाद दर्जी छन्।
उनीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा बुझाएको र कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।