जाजरकोट– डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा शुक्रबार जिप दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ।
सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।
चालक डाँगी डाँडीबागाका बासिन्दा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।