फाइल तस्बिर
लमजुङ–लमजुङ र मनाङ जोड्ने एक मात्र बेसीसहर–चामे सडकखण्ड पुनःसञ्चालनमा आएको छ। यस सडकखण्डको सल्लाघारी भीरमा सडक ढलान गर्नका लागि आइतबारदेखि बन्द गरिएको थियो।
सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा ढलान गर्नका लागि आइतबारदेखि सडक बन्द गरिएकोमा सोमबार साँझ ६ बजेदेखि पुनः सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए।
‘यात्रा असहज भइरहेको थियो तर यहाँ ढलान कार्य सम्पन्न भएसँगै दुर्घटनाको जोखिम कम र यात्रा पनि सहज भएको छ,' उनले भने। उक्त खण्डमा २० मिटर सडक ढलान गरिएको छ। यस सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ। सवारीसाधन सञ्चालन भएपछि यतिबेला यात्रु आआफ्नो गन्तव्यमा गइरहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।