काठमाडौं- उन्मुक्त पुस्ताका कवि मुक्तान थेबाको कविताकृति ‘मासिन्या’ सार्वजनिक भएको छ।
काठमाडौं खुसिबुमा भएको कार्यक्रममा तामाङ संस्कृतिअनुसार ‘ठोङ्सेङ’ गरेर कृतिको विमोचन गरिएको थियो। त्यसअघि ताम्बाहरूले स्वागत गरेका थिए।
पुस्तकको विमोचन तामाङ अग्रजहरु रत्नमान तामाङ र असली स्याङताङले गरेका थिए। विमोचन कार्यक्रमपछि ‘मासिन्या बहस’ भएको थियो।
मासिन्या बहसमा डा. मुक्तसिंह तामाङ, उज्ज्वल प्रसाईं र प्रणिका कोयूले पुस्तकबारे बोलेका थिए। वक्ताहरूले मुक्तानका कवितामा उत्पीडित वर्गको आवाज आएको बताएका थिए।
कवितामा सांस्कृतिक बिम्ब र पहिचानको खोजी भएको वक्ताहरूले बताएका थिए। बहसको सहजकर्ताको भूमिकामा गुरुङ सुशान्त थिए।
उक्त पुस्तक थेबाला पब्लिकेशन्सले प्रकाशित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।