काठमाडौं– बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल सुरु हुँदैछ। जसका लागि आइतबार दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।
असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्षका लागि कूल ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरिएको थियो।
सार्वजनिक कूल बजेटमध्ये चालुतर्फ १९ अर्ब दुई करोड, पूँजीगततर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ दुई अर्ब बजेट विनियोजन गरिएको छ।
आइतबार प्रदेश सभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।