काठमाडौं– नेपाली फिल्म बजारमा बक्स–अफिस प्रणाली लागू भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बासकोटाले मंगलबार नेपाल चलचित्र विकास बोर्डमा बक्स अफिस प्रणालीको उद्घाटन गरे। पहिलो चरणमा काठमाडौं उपत्यकाका ११ मल्टिप्लेक्स र ९ सिङ्गल थिएटरमा बक्स असफि लागू भएको छ। मन्त्री बासकोटाले आगामी माघसम्ममा देशैभरि बक्स अफिस प्रणाली लागू गर्ने पनि जनाएका छन्।
लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा चल्दै आएको बक्स अफिसको बहसले एउटा निकास पाएको छ। बक्स अफिस लागू भएसँगै हलवाला र निर्माताबीच आर्थिक अनुशासनलाई लिएर हुने द्वन्द्व पनि समाधान हुने अपेक्षा लिइएको छ।
यसै सन्दर्भमा नेपाली फिल्मकर्मीलाई हामीले सोधेका छौं– बक्स अफिस लागू भएपछिको अवस्थाबारे के भन्नु हुन्छ? हेरौं उनीहरुको भनाइः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।