• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

आवश्यक देखिए चोलेन्द्रशमशेरमाथि पनि छानबिन र कारबाही सिफारिस हुन्छ : कामु प्रधानन्यायाधीश कार्की [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, असार ८, २०७९  २१:५२
1140x725

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र कानुन व्यवसायी रुद्र पोखरेलबीच घुस लेनदेनको अडियो सार्वजनिक भएपछि अहिले न्यायलय तरंगित अवस्थामा छ। अडियोमा उनीहरुले १० करोड रुपैयाँ घुसको कुरा गरेको र २ करोड न्यायाधीशलाई दिने कुरा गरेका छन्। साथै हाल महाअभियोग लागेर निलम्बनमा रहेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामार्फत् मिलाउने कुरा पनि अडियोमा गरेका छन्। अडियोमा बारका पूर्वकोषाध्यक्ष एवं एमालेको कानुन विभागका सदस्यसमेत रहेका पोखरेलले पटक–पटक आफूले मिलाउने भन्दै ढुक्क भएर पैसा लिन आग्रह गरेका छन्। उनले आफूले सर्वोच्चदेखि जिल्लाको आदेश सदर गराउन उच्चमा पनि मिलाउने दाबी गरेका छन्। १० मिनेट लामो अडियो सार्वजनिक भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले गम्भीर रुपमा लिएर न्यायपरिषद्को बैठक बोलाए। परिषदले बुधबारै परिषदका सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानबिन  समिति समेत बनाए। यही सेरोफेरोमा रहेका प्रधानन्यायाधीश कार्कीसँग नेपाल लाइभका लागि दुर्गा दुलालले गरेको कुराकानीको अंशः

जिल्ला न्यायाधीशको घुस प्रकरणको अडियो सार्वजनिक भएको छ। अब के हुन्छ?
छानबिन समिति गठन भएको छ। त्यसले छानबिन गर्छ। त्यसमै सबै कुरा आइहाल्छ। अडियोमा आएका कुराहरु, त्यसका कल डिटेल, सम्पर्क र सम्बन्ध छन् भन्ने प्रारम्भिक रुपमा हेर्दा देखिएको छ।  अडियो नै एउटा प्रमाण हुँदै हो। त्यो आईहाल्यो। त्यो प्रष्ट छ। त्यसभित्र क–कसको संलग्नता छ, उनीहरुलाई पनि बुझ्नुपर्‍याे। न्यायाधीशले त ‘अँ अँ’ मात्रै गरेको भन्ने किसिमको प्रतिक्रिया आइरहेको छ। अब सबै छानबिन न्यायपरिषदले आज बनाएको समितिले गर्ने छ। परिषदका सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा समिति बनेको छ। त्यसले ४५ दिनमा प्रतिवेदन दिएपछि थप कारबाही हुन्छ। अहिलेलाई वहाँलाई काम गर्न रोक लगाइएको छ।  

अडियोमा न्यायाधीशले पनि केही कुरा त गरेका छन् नि । कति लिने प्रमुख न्यायाधीशलाई भन्न लगाउने कुरा त छन् नि?
उसले (वकिल) ले मात्रै बोलेको भन्ने कुरा छ। सबै कुरा त आजै गठन भएको तीन सदस्यीय छानबिन समितिले केही त गर्ला। उसैले बुझेर प्रतिवेदन दिन्छ। त्यसपछि न्यायपरिषद् बैठक बसेर एउटा निर्णयमा जान्छ। न्यायाधीशले पनि बोलेको कुरा त्यहाँ रेकर्ड छँदैछ। समितिले वहाँसँग पनि कुरा गरेर प्रतिवेदन बनाउला, अनिमात्र अरु कुरा प्रष्ट होला। 

तपाईंले न्यायपरिषद्को नेतृत्व गरिरहेको हुनाले यो कतिको गम्भीर घटना हो भन्ने लाग्छ?
गम्भीर त गम्भीर नै हो।  मैले गम्भीर रुपमा लिएर छानबिन अघि बढाएको छुँ। यसरी अहिलेसम्म आकस्मिक रुपमा न्यायपरिषद्को बैठक नै बोलाइएको थिएन। हिजो बेलुका टेलिभिजनबाट अडियो सार्वजनिक भएको हो। बिहानै मैले न्यायपरिषद्को बैठक बोलाउनु भनेर बैठक बोलाएर छलफल भयो।  आजै तीन सदस्य समिति गठन गर्नु भनेकै यसलाई प्राथमिकता दिएको भन्ने प्रष्ट भइहाल्छ नि। नत्र न्यायपरिषद् बैठक नियम अनुसार ४८ घण्टा अगाडि बोलाउनुपर्छ नि त। यसरी विषय आइसकेपछि उसलाई जाँचबुझ गर्नु पनि पर्‍याे। काममा पनि रोक्नुपर्‍याे भनेर बैठक राखेको हो। हामीले प्रक्रिया त पुर्‍याउनै पर्छ। तर यो नै पर्याप्त प्रमाण हो कि भन्ने देखिन्छ।

यसले न्यायालयको छविलाई असर गर्छ कि?
छविलाई त असर पार्दैन। किनभने यहाँ जो–जो व्यक्ति आइरहेका छन् तिनी यिनीहरु पहिलेदेखि नै गलत प्रवृत्तिका व्यक्ति हुन्। वकिल पनि गलत प्रवृत्तिकै मान्छे हो भन्ने छ।  न्यायाधीशको पनि राम्रो छवि देखिएन। उनको विषयमा पहिले पनि प्रश्न नआएको होइन। परिषदमा प्रश्न उठेको थियो। कारबाही र सरुवा गर्ने पनि उठेका थिए। तर त्यो समयमा जसले रोके अहिले उनीहरुकै नाम पनि मुछिएको  छ।  

Ncell 2
Ncell 2
nimb
nimb

विगतमा पनि उहाँलाई सरुवा गराउने कुरा उठेको रहेछ, होइन त?
हो। त्यो कुरा आएको थियो। वहाँ शंकाको घेरामा पहिले पनि पर्नु भएको थियो। अब अहिलेचाहिँ बलियै प्रमाण भेटिएको छ। जाँचबुझबाट थप के–के देखिएला। अहिले न्यायालय जुन सुधारमा अगाडि बढिरहेको छ,  त्यसलाई यस्ता घटनाले मद्दत नै पुग्ने देखिन्छ। जसले न्यायालयमा विकृति र विसंगति भित्र्यायो उसैसँग सम्बन्धित विषय हो यो। त्यही प्रवृत्तिविरुद्ध त हामी सबैले संघर्ष गरेका हौं। त्यो पराजित भयो भन्ने हामीले ठानेका थियौं। अहिले देखिएको त्यही प्रवृत्ति हो।

छानबिनले उच्च नेतृत्व (महाअभियाेग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणा) पनि देखिए भने उहाँलाई बोलाइन्छ कि बोलाइँदैन?
अरु-अरु पनि न्यायाधीशको नाम आएको छ। उनीहरुको विषयमा पनि छानबिनबाट देखियो भने ती न्यायाधीशको विषयमा पनि कारबाही उठाउने होला। अब प्रधानन्यायाधीशको कुरामा त छानबिनबाट देखियो भने हामी राख्छौँ र पठाउँछौँ। प्रधानन्यायाधीशको हकमा न्यायपरिषद्ले नै गर्ने कुरा भएन। सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सक्छौँ। यसका लागि सवैधानिक परिषद वा अन्य कारबाही गर्ने निकायमा हाम्रो अध्ययन लेखेर पठाउँछौं। 

न्यायपरिषद् र नेतृत्वको कमजोरी हुँदा पनि यस्ता मान्छेहरुले प्रश्रय पाइरहेको देखियो नि होइन?
देखियो। त्यो भनेको, बाहिर आएका छिटपुट कुराभन्दा बाहिर भित्री कुरा त कति होलान् नि। यो त बाहिर देखिएको कुरा न भयो। न्यायालयको नेतृत्वले विगतमा जे गरे अहिले त्यसैके असर अहिले देखिँदै आएको हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उहाँ (न्यायाधीश)लाई त्यही बेलामा सरुवा गरिदिएको भए यो प्रकरण नदेखिने रहेछ नि!
यो प्रकरण त देखिन्थेन। तर सबै कुरा विचार गर्नुपर्‍याे। न्यायाधीशलाई आरोप लाग्नेबित्तिकै सरुवा गर्दा अरु सक्षम न्यायाधीशको मोरलमा पनि असर पर्ने हुन्छ। समग्र न्यायलयको साख र मोरल उच्च राखेर काम गर्नुपर्ने भएकाले  हतारिएर सरुवा गर्ने वा कारबाही गर्ने निर्णय नलिइएको हो।  ग्राउन्ड नभइ  सरुवा गर्दा न्यायाधीशको मोरलको पनि कुरा हुन्छ।  विगतमा ३३ किलो सुन काण्डमा उच्च अदालतका मुख्य न्यायाधीशदेखि अन्य न्यायाधीश छानबिनमा तानिने तर सर्वोच्चले उनीहरुले गरेको आदेश नै सदर ग¥यो जसले गर्दा तत्कालीन समयमा गरेको काममा प्रश्नदेखि न्यायाधीशको काम गर्ने मोरलसम्मको कुरा आयो। तर अहिले जे भए पनि गलत मान्छे फेला परेको छ। 

अब तपाईंले यो प्रकरणलाई गम्भीर रुपमा लिएर गम्भीरतापूर्वक नै काम गर्नुहुन्छ भन्ने बुझ्दा हुन्छ?
एकदम यसमा म गम्भीर छु।  यसलाई न्यायपरिषदले पनि गम्भीर रुपमा लिएको छ। त्यही भएर हामीले छानबिन समिति पनि बनाएका छौं। यसमा वरिष्ठ न्यायाधीश र परिषदका पाँचै जना सदस्य एकमत भएर निर्णय लिएका छाैं। हामी सबैले र मैले गम्भीर रुपमा लिएर नै यसमा दोषीलाई सजाय गर्ने काम हुन्छ। यसमा विश्वस्त हुन जरुरी छ। 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  २१:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] हामी दशैंमा दरबारमा पनि टीका लगाउन जान्थ्यौँ। पछि दरबारसँग कलाकारको नाताले मेरो राम्रो सम्बन्ध भयो। उहाँहरूले मेरो स्वरलाई मन पराउनु... बुधबार, कात्तिक ४, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ सकभर बाहिरको खाना नखानुहोस्। बाहिरको स्वस्थकर नहुन सक्छ। होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस्। यसले स्वास्थ्य जोखिम बढा... मंगलबार, कात्तिक ३, २०८३
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्