• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

आवश्यक देखिए चोलेन्द्रशमशेरमाथि पनि छानबिन र कारबाही सिफारिस हुन्छ : कामु प्रधानन्यायाधीश कार्की [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, असार ८, २०७९  २१:५२
1140x725

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र कानुन व्यवसायी रुद्र पोखरेलबीच घुस लेनदेनको अडियो सार्वजनिक भएपछि अहिले न्यायलय तरंगित अवस्थामा छ। अडियोमा उनीहरुले १० करोड रुपैयाँ घुसको कुरा गरेको र २ करोड न्यायाधीशलाई दिने कुरा गरेका छन्। साथै हाल महाअभियोग लागेर निलम्बनमा रहेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामार्फत् मिलाउने कुरा पनि अडियोमा गरेका छन्। अडियोमा बारका पूर्वकोषाध्यक्ष एवं एमालेको कानुन विभागका सदस्यसमेत रहेका पोखरेलले पटक–पटक आफूले मिलाउने भन्दै ढुक्क भएर पैसा लिन आग्रह गरेका छन्। उनले आफूले सर्वोच्चदेखि जिल्लाको आदेश सदर गराउन उच्चमा पनि मिलाउने दाबी गरेका छन्। १० मिनेट लामो अडियो सार्वजनिक भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले गम्भीर रुपमा लिएर न्यायपरिषद्को बैठक बोलाए। परिषदले बुधबारै परिषदका सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानबिन  समिति समेत बनाए। यही सेरोफेरोमा रहेका प्रधानन्यायाधीश कार्कीसँग नेपाल लाइभका लागि दुर्गा दुलालले गरेको कुराकानीको अंशः

जिल्ला न्यायाधीशको घुस प्रकरणको अडियो सार्वजनिक भएको छ। अब के हुन्छ?
छानबिन समिति गठन भएको छ। त्यसले छानबिन गर्छ। त्यसमै सबै कुरा आइहाल्छ। अडियोमा आएका कुराहरु, त्यसका कल डिटेल, सम्पर्क र सम्बन्ध छन् भन्ने प्रारम्भिक रुपमा हेर्दा देखिएको छ।  अडियो नै एउटा प्रमाण हुँदै हो। त्यो आईहाल्यो। त्यो प्रष्ट छ। त्यसभित्र क–कसको संलग्नता छ, उनीहरुलाई पनि बुझ्नुपर्‍याे। न्यायाधीशले त ‘अँ अँ’ मात्रै गरेको भन्ने किसिमको प्रतिक्रिया आइरहेको छ। अब सबै छानबिन न्यायपरिषदले आज बनाएको समितिले गर्ने छ। परिषदका सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा समिति बनेको छ। त्यसले ४५ दिनमा प्रतिवेदन दिएपछि थप कारबाही हुन्छ। अहिलेलाई वहाँलाई काम गर्न रोक लगाइएको छ।  

अडियोमा न्यायाधीशले पनि केही कुरा त गरेका छन् नि । कति लिने प्रमुख न्यायाधीशलाई भन्न लगाउने कुरा त छन् नि?
उसले (वकिल) ले मात्रै बोलेको भन्ने कुरा छ। सबै कुरा त आजै गठन भएको तीन सदस्यीय छानबिन समितिले केही त गर्ला। उसैले बुझेर प्रतिवेदन दिन्छ। त्यसपछि न्यायपरिषद् बैठक बसेर एउटा निर्णयमा जान्छ। न्यायाधीशले पनि बोलेको कुरा त्यहाँ रेकर्ड छँदैछ। समितिले वहाँसँग पनि कुरा गरेर प्रतिवेदन बनाउला, अनिमात्र अरु कुरा प्रष्ट होला। 

तपाईंले न्यायपरिषद्को नेतृत्व गरिरहेको हुनाले यो कतिको गम्भीर घटना हो भन्ने लाग्छ?
गम्भीर त गम्भीर नै हो।  मैले गम्भीर रुपमा लिएर छानबिन अघि बढाएको छुँ। यसरी अहिलेसम्म आकस्मिक रुपमा न्यायपरिषद्को बैठक नै बोलाइएको थिएन। हिजो बेलुका टेलिभिजनबाट अडियो सार्वजनिक भएको हो। बिहानै मैले न्यायपरिषद्को बैठक बोलाउनु भनेर बैठक बोलाएर छलफल भयो।  आजै तीन सदस्य समिति गठन गर्नु भनेकै यसलाई प्राथमिकता दिएको भन्ने प्रष्ट भइहाल्छ नि। नत्र न्यायपरिषद् बैठक नियम अनुसार ४८ घण्टा अगाडि बोलाउनुपर्छ नि त। यसरी विषय आइसकेपछि उसलाई जाँचबुझ गर्नु पनि पर्‍याे। काममा पनि रोक्नुपर्‍याे भनेर बैठक राखेको हो। हामीले प्रक्रिया त पुर्‍याउनै पर्छ। तर यो नै पर्याप्त प्रमाण हो कि भन्ने देखिन्छ।

यसले न्यायालयको छविलाई असर गर्छ कि?
छविलाई त असर पार्दैन। किनभने यहाँ जो–जो व्यक्ति आइरहेका छन् तिनी यिनीहरु पहिलेदेखि नै गलत प्रवृत्तिका व्यक्ति हुन्। वकिल पनि गलत प्रवृत्तिकै मान्छे हो भन्ने छ।  न्यायाधीशको पनि राम्रो छवि देखिएन। उनको विषयमा पहिले पनि प्रश्न नआएको होइन। परिषदमा प्रश्न उठेको थियो। कारबाही र सरुवा गर्ने पनि उठेका थिए। तर त्यो समयमा जसले रोके अहिले उनीहरुकै नाम पनि मुछिएको  छ।  

nimb
nimb
Ncell 2
Ncell 2

विगतमा पनि उहाँलाई सरुवा गराउने कुरा उठेको रहेछ, होइन त?
हो। त्यो कुरा आएको थियो। वहाँ शंकाको घेरामा पहिले पनि पर्नु भएको थियो। अब अहिलेचाहिँ बलियै प्रमाण भेटिएको छ। जाँचबुझबाट थप के–के देखिएला। अहिले न्यायालय जुन सुधारमा अगाडि बढिरहेको छ,  त्यसलाई यस्ता घटनाले मद्दत नै पुग्ने देखिन्छ। जसले न्यायालयमा विकृति र विसंगति भित्र्यायो उसैसँग सम्बन्धित विषय हो यो। त्यही प्रवृत्तिविरुद्ध त हामी सबैले संघर्ष गरेका हौं। त्यो पराजित भयो भन्ने हामीले ठानेका थियौं। अहिले देखिएको त्यही प्रवृत्ति हो।

छानबिनले उच्च नेतृत्व (महाअभियाेग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणा) पनि देखिए भने उहाँलाई बोलाइन्छ कि बोलाइँदैन?
अरु-अरु पनि न्यायाधीशको नाम आएको छ। उनीहरुको विषयमा पनि छानबिनबाट देखियो भने ती न्यायाधीशको विषयमा पनि कारबाही उठाउने होला। अब प्रधानन्यायाधीशको कुरामा त छानबिनबाट देखियो भने हामी राख्छौँ र पठाउँछौँ। प्रधानन्यायाधीशको हकमा न्यायपरिषद्ले नै गर्ने कुरा भएन। सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सक्छौँ। यसका लागि सवैधानिक परिषद वा अन्य कारबाही गर्ने निकायमा हाम्रो अध्ययन लेखेर पठाउँछौं। 

न्यायपरिषद् र नेतृत्वको कमजोरी हुँदा पनि यस्ता मान्छेहरुले प्रश्रय पाइरहेको देखियो नि होइन?
देखियो। त्यो भनेको, बाहिर आएका छिटपुट कुराभन्दा बाहिर भित्री कुरा त कति होलान् नि। यो त बाहिर देखिएको कुरा न भयो। न्यायालयको नेतृत्वले विगतमा जे गरे अहिले त्यसैके असर अहिले देखिँदै आएको हो।

उहाँ (न्यायाधीश)लाई त्यही बेलामा सरुवा गरिदिएको भए यो प्रकरण नदेखिने रहेछ नि!
यो प्रकरण त देखिन्थेन। तर सबै कुरा विचार गर्नुपर्‍याे। न्यायाधीशलाई आरोप लाग्नेबित्तिकै सरुवा गर्दा अरु सक्षम न्यायाधीशको मोरलमा पनि असर पर्ने हुन्छ। समग्र न्यायलयको साख र मोरल उच्च राखेर काम गर्नुपर्ने भएकाले  हतारिएर सरुवा गर्ने वा कारबाही गर्ने निर्णय नलिइएको हो।  ग्राउन्ड नभइ  सरुवा गर्दा न्यायाधीशको मोरलको पनि कुरा हुन्छ।  विगतमा ३३ किलो सुन काण्डमा उच्च अदालतका मुख्य न्यायाधीशदेखि अन्य न्यायाधीश छानबिनमा तानिने तर सर्वोच्चले उनीहरुले गरेको आदेश नै सदर ग¥यो जसले गर्दा तत्कालीन समयमा गरेको काममा प्रश्नदेखि न्यायाधीशको काम गर्ने मोरलसम्मको कुरा आयो। तर अहिले जे भए पनि गलत मान्छे फेला परेको छ। 

अब तपाईंले यो प्रकरणलाई गम्भीर रुपमा लिएर गम्भीरतापूर्वक नै काम गर्नुहुन्छ भन्ने बुझ्दा हुन्छ?
एकदम यसमा म गम्भीर छु।  यसलाई न्यायपरिषदले पनि गम्भीर रुपमा लिएको छ। त्यही भएर हामीले छानबिन समिति पनि बनाएका छौं। यसमा वरिष्ठ न्यायाधीश र परिषदका पाँचै जना सदस्य एकमत भएर निर्णय लिएका छाैं। हामी सबैले र मैले गम्भीर रुपमा लिएर नै यसमा दोषीलाई सजाय गर्ने काम हुन्छ। यसमा विश्वस्त हुन जरुरी छ। 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  २१:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्