काठमाडौं- किराँत राई एकेडेमीको अध्यक्षमा कवि तथा गीतकार भूपाल राई चयन भएका छन्। सोमबार काठमाडौंमा भएको भेलाले राईलाई पुनः अध्यक्ष छानेको हो।
एकेडेमीको उपाध्यक्षमा डा. धनप्रसाद सुवेदी र महासचिवमा चेतनाथ धमला छन्। त्यस्तै सचिवमा प्रकाश राई तथा कोषाध्यक्षमा रुपकुमार राई चयन भएका छन्।
भेलाले सदस्यहरुमा डा. यादेवी ढकाल, कला राई, राधा राई, बम बानियाँ, मनीष पीएम र आशकुमार राईलाई छनौट गरेको छ।
उक्त भेलाले किराँत राई एकेडेमी पुरस्कार वितरणका लागि सिफारिस समिति पनि बनाएको छ। तीन सदस्यीय सिफारिस समितिको संयोजक भूपाल राई नै छन्। सदस्यमा डा. धनप्रसाद सुवेदी र चेतनाथ धमला छन्।
एकेडेमी पुरस्कार ५० हजार राशीको छ। यसअघि यो पुरस्कार युग पाठक र झलक सुवेदीले पाएका थिए। तर, कोभिड १९ महामारीको प्रभाव तथा किरात एकेडेमी संरचना अनुकूलका कृतिको अभावमा पुरस्कार वितरण केही वर्षदेखि रोकिएको एकेडेमीले जनाएको छ।
अब त्यसलाई निरन्तरता दिन सिफारिस समिति बनाइएको अध्यक्ष राईले बताए। १५ दिनभित्र समितिले कृति र लेखक सिफारिस गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।