काठमाडौं– काठमाडौं महानगरपालिकाले आफू अन्तर्गतका कार्यालयहरूमा सीसीटिभी जडान गरी सेवामा निगरानी गर्ने भएको छ।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा सेवालाई पारदर्शी र सुशासनका लागि कानुनसमेत बनाइएको उल्लेख गरिएको छ।
मेयर बालेन्द्र शाहले काठमाडौं महानगरका सेवालाई होम डेलिभरी प्रणालीमासमेत लैजान पहल गरिने बताएका छन्।
उनले भने, ‘महानगरले प्रवाह गर्ने सेवालाई क्रमश होम डेलिभरी अवधारणामा लगिनेछ।’ साथै जनताका गुनासो सुन्न हरेक महिनाको पहिलो आइतबार ‘जनतासँग मेयर’ प्रत्यक्ष संवाद कार्यक्रम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
यसैगरी यस अघिदेखि दिइँदै आएको पदक सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ। वडा तहका खरिद कार्यक्रम सार्वजनिक खरिद ऐननअनुसार अघि बढाउन आवश्यक कानुनी व्यवस्थित मिलाउने महानगरको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।