फाइल तस्बिर।
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिको बैठकमा अनुपस्थित भएको भन्दै खेद प्रस्ताव पारित गर्न माग गरिएको छ।
आइतबार बिहान बोलाइएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित भएपछि यस्तो माग गरिएको हो।
बैठकमा सांसद भीम रावलले बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभइ अनुपस्थित नहुनु संसदीय गरिमाको अवमूल्यन हुने बताए।
संविधान र संसद्को रक्षा गर्न भन्दै प्रधानमन्त्री बनेका देउवा संसदप्रति उत्तरदायी हुनु पहिलो कर्तव्य हुने रावलले बताए।
सांसदहरु सुदन किराती, राम कार्कीले पनि बैठकमा प्रधानमन्त्री उपस्थित नहुनले आशंका उब्जाएको बताए।
आफू उपस्थित हुन नसक्दा प्रतिनिधि पठनउने गरिएको भए पनि आइतबारको बैठकमा प्रधानमन्त्रीले त्यसोसमेत नगरेको भन्दै उनीहरुले आपत्ति जनाए।
महत्वपूर्ण विषयमा सांसदहरुले जवाफमागेको अवस्थामा उपस्थित भएर जवाफ नदिनुले आशंका सिर्जना गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।