फाइल तस्बिर।
काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ। बैठक अहिले केहीबेरमा समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ।
बैठकमा नेपालको परराष्ट्रनीति कार्यान्वयन र प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणको सम्बन्धमा छलफल हुने कार्यतालिका छ।
समितिको बैठकमा प्रधानमन्त्री देउवालाई पनि बोलाइएको छ। उनले बैठकमा एसपीपी र आफ्नो अमेरिका भ्रमणबारे जानकारी दिनेछन्।
यसैबीच, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ। बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा यौन हिंसाबिरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल हुने कार्यसूची रहेको छ।
विधायन व्यवस्थापन समितिको बैठक पनि आइतरबारलाई बोलाइएको छ। बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ। बैठकमा समितिमा विचाराधीन विधेयकहरुको बारेमा छलफल हुने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।